२०८३ बैशाख ६ गते , आईतबार

बालबालिकामा देखिने ज्वरो र त्यसको निदान

sajilo news
डा. केशव कुमार मण्डल
२०७९ असार १८ गते , शनिबार
बालबालिकामा देखिने ज्वरो र त्यसको निदान

ज्वरो के हो ?

ज्वरो आफैँमा रोग होइन यसले शरीरमा संक्रमण भन्ने पुष्टि गर्दछ ज्वरो आउनुको मतलब हाम्रो शरीर रोग विरुद्ध लड्न सकिरहेको भन्ने कुरा बुझिन्छ केहि अवस्थामा विना संक्रमणपनि ज्वरो आउन सक्दछ

बच्चामा देखिने तापक्रममा उतार चढाव

सामान्य शरीरको तापक्रम ९८. डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) हुन्छ यो तापक्रम विहानको समयमा अझ कम ९६. डिग्री फरेनहाइट (३६ डिग्री सेल्सियस) बेलुकाको समयमा बढ्न सक्ने (१००. डिग्री फरेनहाइट / ३७. डिग्री सेल्सियस) सम्भावना रहन्छ शरीरको तापक्रम कहाँ मापन गरिएको त्यसमापनि फरक पर्दछ काखीमा नापिएको तापक्रम मुखको भन्दा कम हुन्छ

बच्चाको शरीरको तापक्रम माथि उल्लेखित तापक्रमभन्दा माथि गएपनि बच्चाको गतिविधीमा केहि कमी वा पहिलेको अवस्थाभन्दा केहि फरक नदेखिएमा कुनैपनि हिसाबले डराउनु पर्दैन तर, विशेषज्ञसँग परामर्श गर्नुपर्ने हुन्छ

बच्चामा देखिने ज्वरोका केहि कारणहरु

मुख्यतया बालबालिकामा ज्वरोको भाइरल इन्फेक्सन हो जसमा फ्लु, रेस्पिरेटोरी सिन्सिटियल भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, राइनो भाइरस आदि पर्दछन् भाइरल इन्फेक्सन सामान्यतया आफैँ निको भएर जान्छ यसको उपचारमा एण्टिबायोटिक चाँहिदैन भाइरल इन्फेक्सन बाहेकको कारणमा केहि व्याक्टेरियल इन्फेक्सन, फंगल इन्फेक्सन हुन सक्छ यस्ता व्याक्टेयरियल इन्फेक्सनको शंका लागेमा मात्र एण्टिबायोटिक दिनुपर्दछ उक्त कुराको पुष्टि रगतको परिक्षणपछि थाहा पाउन सकिन्छ रगतको परिक्षण गर्न हतार गर्नु हुँदैन

ज्वरो आउँदा डराउनुपर्ने अवस्था

बच्चा तीन महिनाभन्दा कम उमेरको भएमा, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा माथि भएमा, अत्याधिक ज्वरो आइ छारेरोग जस्तै लक्षण देखिएमा डराउनुपर्ने हुनसक्छ यस्तै सात दित भन्दा बढी निरन्तर ज्वरो आइरहेमा, औषधी खुवाउँदापनि ज्वरो कम नभएमा वा ज्वरो बढ्न नरोकिएमा भने डराउनु पर्दछ यस्तो अवस्थामा भने विशेषज्ञ डाक्टरलाई देखाउनु पर्दछ

ज्वरो आएको बच्चाको स्याहार कसरी गर्ने ?

बच्चाको गतिविधीको अवस्था ख्याल गर्ने, अत्याधिक ज्वरो आउँदा पानीको मात्रा घट्ने हुँदा बच्चालाई बारम्बार इलेक्ट्रोलाइट मिश्रित ओआरएस, सानो नानीहरुलाई आमाको दुध अथवा सादा पानी खुवाउने गर्नु पर्दछ बच्चाको पिसाबको मात्रामा कमी भएमा, ओठ फाटेको, छाला रुखो सुख्खापन आँखा विझाएको कुराहरुमा ध्यान पुर्याउनु पर्दछ

सुतेको बच्चालाई जबर्जस्ती उठाएर औषधी तथा अन्य पेय पदार्थहरु नदिने, घरमा ज्वरो घटाउने म्याद ननाघेको औषधी जहिले पनि राख्नु पर्दछ कुनैपनि अवस्थामा जथाभावी सामान्य ज्वरो आउँदैमा औषधी डाक्टरको परामर्श बिना एण्टिबायोटिक खुवाउनु हुँदैन धेरैजसो अवस्थामा बच्चामा देखिने ज्वरोको कारण भाइरल इन्फेक्सन भएको हुँदा सो अवस्थामा आफैँ सामान्यतिर फर्किने हुँदा केहि बच्चामा पाँच दिनदेखि सात दिनसम्म जान सक्छ

डाक्टरसँग परामर्श कहिले गर्ने ?

दुई बर्षभन्दा कम उमेरको बच्चालाई निरन्तर २४ घण्टाभन्दा बढी ज्वरो आएमा डाक्टरको परामर्श लिनुपर्दछ बच्चा अत्याधिक रोएमा, सुस्त भएमा वा बेहोस भएमा तत्काल डाक्टरकोमा लैजानु पर्दछ ज्वरोले गर्दा शरीरमा पानीको मात्रा घटेको अवस्था देखिएमा पानी खुवाउन नसकिएमा डाक्टरसँग परामर्श गर्नु पर्दछ त्यस्तै, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा, एण्टिबायोटिक खाइसक्दापनि ज्वरो निको नभएमा तत्काल डाक्टरसँग परामर्श गर्नु पर्दछ बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम भएमा, महिनाभन्दा कम उमेरको बालबालिकामा जस्तोसुकै अवस्थामा ज्वरो आएमा पनि विशेषज्ञसँग परामर्श गर्नु पर्दछ

नवजात शिशुमा देखिएको ज्वरो

सामान्यतया नवजात शिशुमा ज्वरो आउँदैन ज्वरो आएमा यसको मुख्य कारण बच्चालाई दुध नपुगेको अवस्था हुन सक्छ यस बाहेकको अवस्थामा अरु गम्भीर कारण खोजी गर्नुपर्ने हुन्छ किनभने नवजात शिशुको शरीर रोग विरुद्ध लड्नसक्ने क्षमतामा हुँदैनन् ज्वरो बाहेकको समस्यामा नवजात शिशुलाई श्वास फेर्न गाह्रो भएमाघ्यारघ्यार भएमा, नाक, मुख नङको वरिपरीको छाला निलो भएमा वा कोखा हानेमा सकेसम्म विशेषज्ञ डाक्टरको परामर्श अनुसार जाँच उपचार प्रक्रिया अगाडी बढाउनु पर्दछ

मेरो सुझाव

ज्वरो आउनुको अर्थ बच्चाको शरीर रोग/संक्रमण विरुद्ध लडिरहेको/लड्न सकिरहेको भन्ने बुझिन्छ ज्वरो आएपनि बच्चाको गतिविधीमा केहि फरक छैन भने कुनैपनि कारणले आत्तिनु डराउनु पर्दैन ज्वरो आएको अवस्थामा बच्चालाई झोलिलो पदार्थ सकेसम्म साविक भन्दा बढी मात्रामा खुवाउनु पर्दछ रगतको परिक्षण अन्य जाँच तीन दिनको ज्वरोपछि मात्र गराउनु पर्दछ अनावश्यक औषधी जस्तै एण्टिबायोटिक, भिटामिन, फुड सप्लिमेन्ट बिशेषज्ञ डाक्टरको परामर्श बिना खुवाउनु हुँदैन यदि कुनै सिकिस्त रोगको शंका लागेमा डाक्टरको सल्लाह अनुसार जाँच गराउनु पर्दछ

(डा. केशव कुमार मण्डल नवजात शिशु तथा बालरोग बिशेषज्ञको रुपमा बिर्तामोडको कनकाई हस्पिटल, सनसाइन मेडिसिन सेन्टर र झापा नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ । )  

सम्बन्धित समाचार