२०८३ बैशाख ५ गते , शनिबार

पाँचथर प्याब्सनले आइतबारदेखि विद्यालय सञ्चालन गर्दै

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ५ गते , शनिबार
पाँचथर प्याब्सनले आइतबारदेखि विद्यालय सञ्चालन गर्दै

बिर्तामोड । पाँचथर जिल्लाभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पाँचथरले सार्वजनिक सूचना जारी गर्दै वैशाख ६ गते आइतबारदेखि जिल्लाका सबै निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाएको हो । 
सरकारले वैशाख १५ सम्म विद्यार्थी भर्ना नगर्न र २१ गतेदेखि मात्रै पठनपाठन गर्न गराउन भने पनि प्याब्सनले सरकारले तोकेको समय सीमा अगावै विद्यालय खुलाउने सर्कुलर गरेको पाँचथर प्याब्सनका अध्यक्ष नवीन ओझाले बताए ।
विद्यालय सञ्चालन गर्ने गराउने निर्णयसँगै प्याब्सनले अभिभावकलाई आफ्ना नानीबाबुलाई आवश्यक शैक्षिक सामग्री तथा किताबकापीसहित विद्यालय पठाउन आग्रह गरेको छ ।
अध्यक्ष ओझाले विद्यालय सञ्चालनसँगै जिल्लाभर नियमित कक्षा सञ्चालन गरिने र शैक्षिक गतिविधि क्रमशः सामान्य अवस्थामा फर्काइने बताए ।

सम्बन्धित समाचार