२०८३ आश्विन १६ गते , शुक्रबार

बिर्तामोडमा असोज १७ देखि चिनोको वेयरहाउस सेल

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १६ गते , शुक्रबार
बिर्तामोडमा असोज १७ देखि चिनोको वेयरहाउस सेल

बिर्तामोड । नेपाली क्लदिङ ब्रान्ड 'चिनो'ले दशैँलाईलक्षित गरी बिर्तामोडमा चार दिने 'वेयरहाउस सेल' गर्ने भएको छ । सो को सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बिर्तामोड सिटीसेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सेल सञ्चालन हुन लागेको हो ।
सेलमा महिलाका क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीले फ्याक्ट्रीबाट सिधै ग्राहकलाई बेच्ने भएकाले सेलमा कपडा एकदमै सुलभ मूल्यमा पाइने बताएको छ । सेल अवधिमा थोक तथा खुद्रा दुवै बिक्री गरिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा विभिन्न मोडलहरुले चिनो ब्राण्डका पहिरन पहिरिएर र्याम्प वाक समेत गरेका थिए । सेल अवधिभर २ सय ९९ देखि १४ सय ९९ रुपैयाँका कपडा ग्राहकले खरीदगर्न सक्नेछन् । आफ्नै फ्याक्ट्रीबाट उत्पादन गरिने भएकाले सेलमा ग्राहकलाई विशेष छुट राखेर मूल्य तोकिएको कम्पनीले जनाएको छ ।
 चिनोले यसअघि सुनसरीको इटहरीमा पनि यस्तै सेल गरेको थियो । 
इटहरीमा पाएको प्रतिक्रिया र ग्राहकको मागका आधारमा बिर्तामोडमा सेल ल्याइएको कम्पनीले बताएको छ ।
कम्पनीका निर्देशक राजेन्द्र डुम्रेका अनुसार सेल दशैँअघि नै लागेकाले इटहरीको तुलनामा यसपटक बढी अवलोकनकर्ता र ग्राहकको उपस्थिति हुने अपेक्षा गरिएको छ । "दशैँअघि नै सेल लागेकाले इटहरीभन्दाबढी ग्राहक आउने अपेक्षा गरेका छौँ," उनले भने । विशेष गरी युवा पुस्ताले रूचाएको ब्राण्ड भएकाले चिनोको बिर्तामोड सेल सफल हुने उनको दाबी छ । “नेपालीका लागि नेपाली ब्राण्ड, अहिले यही कुरा हाम्रो मुलमन्त्र भएको छ”, डुम्रे भन्छन् ।
चिनोका संस्थापक नवराज बजगाईंले नेपालको उत्पादनलाई विश्वस्तरीय बनाउनका लागि आफूहरुको पहल जारी रहेको बताए । कुनैसमय गार्मेन्ट क्षेत्रमा आफ्नो पहिचान बनाएको नेपाली समुदायलाई चिनो मार्फत् पुनः त्यही स्तरमा पुर्याउने अभियानमा लागि परेको बजगाईंले बताए । साथै, हाललाई महिलाको कपडामा केन्द्रित बजारमा छिट्टै पुरूषको कपडाको उत्पादन गर्ने योजना पनि उनले सुनाए ।
चिनोले ७ सय जनालाई रोजगारी प्रदान गर्दै आएकोमा ८० प्रतिशत हाराहारी महिलाको संख्या रहेको कम्पनीले जनाएको छ । युवा पुस्तामा लोकप्रिय बन्दै गएको ब्रान्डले डिजाइन र कपडाको गुणस्तरमा जोड दिँदै आएको जनाएको छ। दशैँको खरिद गर्न चाहने ग्राहक तथा फेसनप्रेमीलाई सेलमा उपस्थित हुन कम्पनीले आग्रह गरेको छ।

 

सम्बन्धित समाचार