२०८३ बैशाख ६ गते , आईतबार

सवारी दुर्घटनाका घाइते दमकका पदम बहादुर मगरको निधन

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ६ गते , आईतबार
सवारी दुर्घटनाका घाइते दमकका पदम बहादुर मगरको निधन

बिर्तामोड । शनिबार गौरादहको सितापुरी चोकमा दुर्घटनामा परी घाइते दमक ९ का पदम बहादुर मगरको निधन भएको छ।
शनिबार साँझ ७:५० बजे पाडाजुगी गौरीगंज सडक खण्डको सितापुरी चोकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मगरको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा आईतबार बिहान ३:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र.न.१-०१-०१५प.७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार मगर घाइते भई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएकोमा राति ९:१० बजे थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको थियो ।
मोटरसाइकल चालक दमक-९ बस्ने बर्ष ३३ को दिप बहादुर मगरलाई केहि नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार