२०८३ बैशाख ५ गते , शनिबार

बालबालिकाको नतिजा हैन मनोभावना बुझ्नु पर्छ

sajilo news
दिनेश पौडेल
२०८२ असार २० गते , शुक्रबार
बालबालिकाको नतिजा हैन मनोभावना बुझ्नु पर्छ

विद्यालयमा मनोविमर्शकको रुपमा कार्यरत छु मैले विद्यालयका विद्यार्थीहरूका मनोभावना, उनीहरुलाई परेका समस्यालाई सहयोग गरिरहेको छु   भर्खरै प्रकाशित एसईईको नतिजाले मलाई दुई चार कुरा भन्नको लागि प्रेरित गर्यो सामाजिक सञ्जाल मार्फत जसका नानीहरुले राम्रो ग्रेड ल्याए उहाँहरूले आफ्ना छोराछोरीहरूको परीक्षाफललाई सामाजिक सञ्जाल मार्फत पोस्ट गर्नुभएको सँगसँगै मलाई एउटा पोस्ट जसले अलि बढी छोयो त्यो छोएको कारणले गर्दा यो लेख लेख्न प्रेरित भइरहेको छु एसईईमा आयो मेरो पनि नाक काटिस् तेरो पनि नाक काटिस्, बाइकमा बसेर दुनियाँलाई रमिता देखा….. यस्ता यस्ता खालका पोष्टहरु अहिले छ्याप्छ्याप्ती छन्

सामाजिक सञ्जाल मार्फत व्यक्तिका खुसीहरू अभिव्यक्ति गर्ने उहाँहरुको वैयक्तिक स्वतन्त्रता हो आफ्नो लामो समयदेखि लगानी, प्रतीक्षा फलस्वरुप पाएको खुसीहरुलाई सामाजिक सञ्जाल मार्फत उहाँहरूले अभिव्यक्ति गर्नु भएको यो आफ्नो व्यक्तिगत कुरा हो , उहाँहरूसँगै पनि खुसी छु तर मनोविमर्शकको रुपमा विद्यालयमा काम गर्दा हाम्रा नानीहरु सबैभन्दा बढी परीक्षाको समयमा प्रताडित हुने, संवेगात्मक हिसाबले उनीहरूलाई गाह्रो हुने, किन भने देखि अभिभावकहरू रिजल्ट हेर्नुहुन्छ त्यो रिजल्टको आधारमा उहाँहरुलाई विभिन्न खालका लाञ्छना लगाउनु हुन्छ उहाँहरुले सोचेका कुरा पूरा नभएकोमा नानीहरुलाई चाहिँ एउटा नालायक बताउनुहुन्छ अनि यति गरिसकेपछि आफ्नो कर्तव्य ठानेर अर्को अर्को परीक्षामा राम्रो गर्नु भनेर उपदेश दिनुहुन्छ हरेक व्यक्तिको जन्मजात स्वभाव के हो भने आफू सक्षम भएर जाने, आफू आफ्नो आत्मसम्मानलाई लिएर जाने, आफू आफ्नो क्षमता अनुसार कार्य गर्ने किनभने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को परिभाषाले पनि के भनेको भने स्वस्थ्य व्यक्ति त्यो हो जसले आफ्नो क्षमताको पहिचान गर्छ, आफ्नो क्षमता अनुसारको काम गर्छ  भनेर भनेको त्यसैले हरेक बालक आफ्नो ग्रेड वृद्धि, आफ्नो साथीहरूको बीच माथि उठ्ने प्रयासहरू सबैले गरिरहेका हुन्छन् तर, हामीले के ख्याल गरिरहेका छैनौ भने सबै नानीहरूको मानसिकता बौद्धिक क्षमता समान हुँदैन हामी एउटा फिल्डमा हाम्रा नानीहरुलाई हजारौँका ब्रान्डेड बुट ट्र्याक सुट लगेर नानीहरुलाई भनिरहेका छौं कि तिमी फस्ट हुनैपर्छ जब कि दौडमा प्रथम हुनु भनेको यो ट्र्याक, बुटहरूको मात्रै भूमिका हुँदेन   यसले सहायक भूमिका मात्र खेल्छ तर, मुख्य भूमिका खेल्दैन मुख्य भूमिकाको निम्ति बच्चाको क्षमता कति , बच्चाले कति अभ्यास गर्छ हो यहि कुरा सिकाइमा पनि लागू हुन्छ किनभने सिकाइ एक दिनमा परीक्षाफल आउने गरी पढ्न सक्दैन यो निरन्तर प्रक्रिया हो पढ्नको निम्ति हाम्रा अभिभावकले सोचेजस्तो उनीहरुले दिएको सुविधा, उनीहरूलाई किनिदिएको सामग्रीहरूले मात्रै पढाइ पुग्दैन उनीहरू मानसिक रूपमा सजिलो हुनुपर्छ, मानसिक रूपमा उनीहरू तयारी हुनुपर्छ यसको निम्ति आन्तरिक रुपमा थुप्रै पाटाहरु हुन्छन् जसलाई अभिभावकले नियाल्न सक्यो भने मेरो नानीलाई के कुराले सताएको रहेछ, के कुरा गाह्रो रहेछ, किन हिजोसम्म राम्रो पढ्ने नानीहरू आज पढाइबाट बिस्तारै विमुख भइरहेको भनेर मसिनो गरी नियाल्यौँ भने  हामी उसलाई मद्दत गर्न सक्छौं

मलाई प्राप्त जानकारी अनुसार जब नानीहरूका पढाइका ग्रेड कम हुन्छन् अनि अभिभावक शिक्षकहरूको निशानामा नानीहरू पर्दै जान्छन् नानीहरूलाई विभिन्न प्रकारले अपमानित गरिन्छ, अपमानित भनेर हामी हाम्रो परिभाषा नखोजौँ नानीहरूलाई जुनजुन व्यवहार ठिक लाग्दैन, जुन कुराले नानीहरूको मनोभावना टुट्छ ती सबै व्यवहारहरु अपमानित हुन्, चाहे त्यो गाली हुन सक्छ या नबोल्ने कुरा हुन सक्छन् या कुनै चिजबाट वञ्चित गरिदिने कुरा हुन सक्छन् या कसैसँग तुलना गर्ने कुरा हुन सक्छन या अनावश्यक उसलाई अर्ती उपदेश थोपर्ने कुरा हुनसक्छन् यी कुरा नानीलाई स्वीकार्य अवस्थाबाहेक गरिएका प्रयास भनेका एउटा मान्छेलाई उपचारको नाममा एकै पटक दस थरीका जडिबुटी, विभिन्न खालका उपचार विभिन्न खालका खानपिन खुवाए जस्तै हुन् यी कुराहरूले उनीहरूको आत्मसम्मान उठ्नु भन्दा नानीहरूको सम्मान तल पर्छ मलाई थुप्रै राम्रो पढाइ भएका नानीहरू भन्नुहुन्छ मलाई घरमा वर्थलेस (मुल्यहिन) फिल गराउनुहुन्छ, फलानासँग तुलना गर्नुहुन्छ अभिभावकहरूको प्राय गुनासो मैले यो गरिन गरिन भन्ने एकापट्टि आशा, एकापट्टि नानी बजेदेखि स्कुल को लागि तयारी हुनुपर्छ स्कुलबाट आएपछि ट्युसको तयारी गर्नुपर्छ अनि दिनभरि पनि स्कुलमा नानीहरु पढेर आएको हुन्छन् अनि फेरी हामी भनिरहेका छौँ कि नानीले यो काम ढंग पुर्याएर गरिन भनेर पनि हामी भनिरहेका छौं त्यस्ता खालका पनि हाम्रा आशाहरु छन्

तर त्यो भन्दा अलिकति फरक खालका आशा, अनि नानीहरुले भोगेका पीडाहरूको बारेमा चर्चा गर्न गइरहेको छु विश्व स्वास्थ्य संगठनले के बताइरहेको भने ४५ प्रतिशत मानसिक रोग किशोर किशोरी अवस्थामा सुरु हुन्छ सुरु हुन्छको अर्थ यो होइन कि उनीहरूलाई रोग देखापर्छ उनीहरुलाई डाक्टरकोमा लिएर जानुपर्छ भन्या होइन, सुरु हुन्छ अरु वयस्क मान्छेलाई हुने खालका सबैखाले मानसिक बिरामी डिप्रेसन, एन्जाइटी, बाइपोलर लगायत सबै खालका बिमारहरू १४ वर्षकै उमेरमा ४५ प्रतिशत मानिसलाई सुरु हुन्छ भनिएको

जब यस्ता खालका समस्याहरु नानीले झेल्छन् कि नानीहरुले जति नै कोसिस गरे पनि पढाइमा मन दिन सक्दैनन् पढाई उनीहरूका निम्ति क्रमश क्रमश बोझिलो बन्दै जान्छ अनि पढाइ कमजोर बन्ने बित्तिकै नानीहरुले अरु दुईवटा बोझ खप्नुपर्छ एकातिर घरबाट खप्नुपर्छ, अर्कोतिर शिक्षक साथीहरुबाट खप्नुपर्छ मानसिक रुपमा बेचैन भएको अवस्थामा हामी कुनै मान्छेलाई नजिकबाट नियालेर हेर्यौं भने यति धेरै दिग्दारी हुन्छ आफ्नो जिन्दगी नै झण्डैझण्डै बोझिलो हुन्छ त्यो अवस्थामा हामी के खोजिरहेका छौँ भन्दाखेरि नानीले राम्ररी पढोस्, राम्रो ग्रेड ल्याइदिओस भनेर खोजिरहेका हुन्छन् नानीहरूको त्यो भावनात्मक असजिलोलाई हामीले अलिकति पनि ख्याल नगरिकन हामी के भन्छौं भने हामीले सबै कुरा पु¥याइदिएका छौं यो उमेर उसलाई कुनै चिन्ता गर्ने ठाउँ छैन चिन्ताका विषयहरु केही छैनन् सबै कुरा ठीक छन् अझ अभिभावकलाई जानकारी दिउँ भन्दाखेरि अभिभावकहरु यस्तो परिवारको उस्तो परिवारको भनेर दम्बहरू प्रतिबिम्बित भएका अनुभवहरू मसँग छन् यो अवस्थामा हाम्रा नानीहरू गुज्रिरहेका छन् भने अब उनीहरूको पढाइ हामीले उनीहरुलाई भिन्न प्रकारले सहयोग नगरिकन सामान्य प्रकारले अभिभावकहरू सहयोग गरिरहनुभएको हुन्छ

महसुस गर्छु हामी जुन समयमा थियौ त्योभन्दा हामीले भिन्न किसिमले धेरै खालका सरसहयोग, धेरै खालका सुविधाहरु दिएका छौं तर पढ्ने कुरा हाम्रो ब्रेनले गर्दो रहेछ ब्रेनको कटेक्स भन्ने भाग अथवा प्रिफ्रन्टल कर्टेक्स भन्ने भाग त्यो कर्टेक्स एक्टिभ हुँदा मात्र हामीले भनेका मानसिक कार्यहरू सुन्ने बुझ्ने यसलाई एनालाइसिस गर्ने, मेमोरीमा राख्ने, यी कुराहरू अनि सिर्जना गर्ने यी कुराहरूको कार्य हुन्छ जब कुनै व्यक्ति आफैमा बेचैनी हुन्छ, त्यो प्रिफ्रन्टल कटेक्सले काम गरेको हुँदैन जति किताबको अगाडि घण्टौँ उभिए पनि त्यो बच्चाले कुनै कुराहरु लिन सकिरहेको हुँदैन कुनै सिर्जना भएको हुँदैन कुनै सिकाइ भएको हुँदैन यस्तो अवस्थाका नानीहरुलाई हामी विभिन्न तरिकाले फकाउने नाममा तुलना गर्ने  नाममा हैन रिसाउने झर्कने, नबोल्ने यस्ता कुरा गरेर अझ धेरै प्रताडित गरिरहेका छौं अहिलेको समयमा थुप्रै मान्छेहरूको बुझाई प्रविधिले खतम पार्यो हाम्रो समयमा प्रविधि थिएन, हामी एकदम सज्जन थियौँ अहिले नानीहरूलाई मोबाइलले खतम पार्यो कति सम्म पनि हाँस्यास्पद कुराहरू समय अनुसन्धानले नदेखेको संसारको कुनै अनुसन्धान नभएको यस्ता हास्यास्पदमोबाइल अटिजम भयो रे नानीलाई यस्ता यस्ता कुरा गर्ने अभिभावकहरु हुनुहुन्छ मोबाइल छुनु अहिलेका बच्चाहरूको निम्ति अपराध होइन तर अभिभावकले हेक्का राख्ने कुरा के हो भने बच्चाले कुन कुन कार्यको लागि प्रयोग गर्दैछ ? कति समय गर्दैछ त्यो समय बढिरहेको कि छैन, यसले उसका कुन कुन क्रियाकलापहरूलाई असर पारेको छ ? यसलाई हामीले नियाल्यौ भने हामी अझै राम्रो गरी यसको डायग्नोसिस गर्न सक्छौँ मोबाइलले उसलाई प्रभाव पारेको छैन बजारका कथनहरू मोबाइलले बिगार्यो, अहिलेका नानीहरू बिग्रिए यस्ता यस्ता कथनहरू हामी गरेर हाम्रा नानीहरूलाई उपहास गरिरहेका छौं मेरो सवाल बौद्धिक रुपमा सक्षम, वातावरणले राम्रो प्रभावित, राम्रो उत्साहित बच्चाहरू स्वभाविक रुपमा पढ्छन्, लेख्छन्, राम्रो ग्रेड ल्याउँछन्

यो तपाईँले तुलनात्मक हेर्नुभयो भने पनि यसरी अनुमान गर्न सक्नुहुन्छ ग्रेड ल्याउने बच्चाहरू कति प्रतिशत होलान ! यो न्यून संख्या हो, एउटा कक्षामा चार/पाँच जना १० जनासम्म यो ग्रेडमा पर्छन् बाँकी रहेका विद्यार्थीहरू उनीहरूले आफ्नो प्रयासले कोसिस गर्दागर्दै पनि चाहेको प्रतिफल हासिल गर्न सकिरहेको छैनन् यो कुराले उनीहरू नै प्रताडित छन् यो अवस्थामा हामी के गरिरहेका छौं भन्दा उनीहरूको प्रताडितपनालाई हामीले अरु थपिदिएका छौं याद गर्नुहोस् मनमा आउने कुरा शरीरको फिजियोलोजीसँग गाँसिएको हुन्छ यो फिजियोलोजीले नानीहरूलाई शारीरिक रुपमा गलाउने, निराशाको भाव बढाइदिने किनभने आवश्यक हर्मोनहरूको उत्पादन हुन सकेन भने मान्छे उत्साहित हुन सक्दैन मान्छे सिर्जनात्मक हुन सक्दैन त्यो हर्मोन उत्पादन नहुँदा एक प्रकारको निराशा, एक प्रकारको आफूले आफूलाई व्यर्थ भनिरहेको अवस्थामा हामीले नानीलाई अहिलेसम्म बजारका बुझाइबाट अथवा सामान्य मान्छेले बुझेका गाली फकाई यसले काम गर्दैन

यतिबेला हामीले उनलाई के भएको , यो तालिमको क्रममा शिक्षक अभिभावकसँग भेट्दाहामीले बुझ्छौँ भन्नुहुन्छ बुझ्छौ भनेको उसको कुरा नसुनिकन हामी बुझिरहेका छौं, भावहरू पनि बुझ्छौ भनेको कतिपय नानीहरुले बोल्न नसक्ने भए पनि कतिपय साह्रै पीडा हुँदा नानीहरु बोल्न सक्दैनन् हैन नानीहरुले त्यतिबेला मात्रै आफ्ना कुराहरु भन्न सक्छन् जतिबेला आफ्नो कुरा गरेबापत आफू हेय महसुस नभएको, आफू कसैबाट जजमेन्ट नभएको, आफूले आफ्ना कुराहरू सुनिदिए जस्तो लाग्दा मात्र हो मैले सुनिदिएँ, मैले बुझिदिएँ भन्ने, यसको अर्थ छैन मसँग आउने नानीले महसुस गर्यो कि यो मनोविमर्शक मेरो कुरा बुझ्छ, मेरो कुरा सुन्छ, मेरो कुरा बुझेर कुनै प्रकारको मलाई लान्छना लगाउँदैन, मलाई कुनै प्रकारले डाउन गर्दैन यसको चेहरामा मलाई मेरा यस्ता कुराहरु गर्दा कुनै प्रकारका घृणित भाव आएनन्, यो मान्छेसँग यस्ता कुरा गर्दा सुरक्षित छु  भन्ने उनले महसुस गर्दा मात्रै मैले सुनिदिएँ, मैले बुझिदिएँ यतिवटा तालिम लिएर आएको, यति वर्ष पढेको, खतरा मनोविमर्शक भनेको आधारमा मसँग आउने भाइबहिनीहरू मैले बुझेको दाबी गर्न सक्दिनँ सामान्य लाग्छ कुरा सुन्दा हामी त्यो लेबलमा पुग्नका निम्ति दशौं वर्षका अभ्यास, निरन्तर अभ्यासले मात्रै बिस्तारै बिस्तारै नानीहरूका कुरा बुझ्ने, बिस्तारै बिस्तारै त्यो अवस्थामा पुगेका छौं मैले यो भनिरहेको छैन हजुर अभिभावकहरु पनि जस्तै नानीहरुलाई सुनेर सबै उपचार गर्ने भन्या होइन तर, नानीलाई गाह्रो , नानीको केही गाह्रोका कारण हिजोको तुलनामा पढ्न सकिरहेका छैन, आज अलिकति निन्याउरो देखिन्छन्, आज नानीमा बिहान उठ्ने जाँगर देखिएको छैन, हो यो कुरालाई हामीले बुझिदियौं भने उनीहरूमा हराएको इनर्जी पुनर्जागृत गर्न हामी मद्दत गरिरहेका हुन्छौं

उनीहरूलाई उठाएर मात्र पढाइको स्तरलाई उठाउन सकिन्छ   सँगसँगै अर्को पाटो मैले विद्यालयमा काम गर्दा, हस्पिटलमा काम गर्दा यौन दुव्र्यवहारका सिकार भएका नानीहरू पनि पाएको छु यसलाई परिवारले यसरी ढाकछोप गरेको , यसरी खुल्नु हुँदैन भनेर नानीहरूलाई दबाब दिएको हरेक दिन उसलाई के उपदेश दिइन्छ भने त्यो कहिले भएको हो त्यसलाई बिर्सिदेउ याद गर्नुहोस् आघातजन्य चिज तीसौँ वर्ष पछाडि पनि मनबाट हट्दैन यदि बच्चाहरूमा आघात भनेदेखि यो ट्रमाटिक अवस्थामा नानीहरूको यो स्नायु प्रणालीको उनीहरूको विकास नै फरक भएको हुन्छ वायरिङ नै फरक भएको हुन्छ साना कुराहरुले उनीहरूलाई त्यस्तो घटनाको झझलको दिइरहेको हुन्छ हामीले सामान्य देखिने अवस्थामा पनि उनीहरूलाई असहज गाह्रो भएको हुन्छ यो अवस्थामा बाँच्नका लागि नै उनीहरू सङ्घर्ष गरिरहेका यी बालबालिकाहरू हामी एउटा ब्रान्डेड लुगा लगाएर, राम्रो स्कुलको ट्याग भिराइदिएर, राम्रो परीक्षाको परिणामको आशा गरिरहेका छौं सँगै घरेलु हिंसामा नानीहरू परेका छन्, दुव्र्यसनको शिकारमा नानीहरू छन्, गेमको लतमा हाम्रा नानीहरू छन्, अझ अहिलेको नयाँ प्रविधिले ल्याएको फोनको लतमा पनि हाम्रा नानीहरु छन् यो लतलाई बुझेर हामीले उनीहरुलाई सहयोग गर्यौ भने मात्र उनीहरु बाहिर निस्किन्छन्

हाम्रा जति पनि प्रताडना हुन्छ, गाली हुन्छ यसले गर्दा हामीले जुन परीक्षाफलको आशा गरेका छौँ मैले अभिभावकले परीक्षाको फल आशा गर्नु हुँदैन भन्न खोजेको होइन राम्ररी बुझ्छु हरेक अभिभावकको एकजना दुईजना नानीबाबुहरू छन् आफूले जीवनभरि आफूले सकेको सीप साधन लगाएर आफ्नो नानीहरू हुर्काउनुभएको त्यो आशा गर्नु अभिभावकको ठाउँबाट स्वभाविक हो मात्रै जब मेरो सवाल कहाँनिर मात्र हो भने जब हामीले सोचेको जस्तो परीक्षाफल आउँदैन त्यो बेला हामीले गरेका दुव्र्यवहारले अब यो भन्दा माथि जब प्लस टुमा पुग्छन्, ब्याचलरमा पुग्छन्, नानी ठूलो हुन्छन्, नानीलाई शिक्षकहरुबाट विद्यालयमा जस्तो कडाई निर्देशन कम हुँदै जान्छन् यतिबेला नानीहरू आफै सक्षम भएर जानुपर्छ यदि हामीले उनीहरुलाई अहिलेको प्रतिफलको आधारमा बुझेनौँ भने अब आउने यस पछाडिका उनीहरूका जीवन प्रभावित हुन्छ यसको निम्ति अभिभावकहरुले बुझ्नुपर्छ

लेखक मेची बहुमुखी क्याम्पसमा उपप्राध्यापक मनमोहन सामुदायिक अस्पतालमा आंशिक मनोविमर्शकको रुपमा कार्यरत हुनुहुन्छ

 

सम्बन्धित समाचार