२०८३ बैशाख ६ गते , आईतबार

पुस्तकालयको विकासक्रम इ–लाइब्रेरीसम्म

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १६ गते , शनिबार
पुस्तकालयको विकासक्रम इ–लाइब्रेरीसम्म

पृष्ठभूमि :

पुस्तकालयशब्दको अर्थ आफैमा महत्वपूर्ण छ । संस्कृत भाषामा पुस्तकआलयमिलेर पुस्तकालय शब्द बनेको हो । पुस्तकको अर्थ किताबआलयको अर्थ घरहुन्छ । जसले पुस्तकालयलाई किताबको घरभन्ने बुझाउँछ । अंग्रेजी भाषाको Library ल्याटिन भाषाको Liber बाट आएको हो । जसको अर्थ पनि पुस्तक हुन्छ । सूचना र प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक मात्र संकलन गर्ने र रहने परम्परागत अवधारणामा परिवर्तन भएको छ । अहिले प्रायः सबै पुस्तकालयमा पुस्तकका अतिरिक्त सूचना प्रदान गर्ने सामग्रीहरूको समेत संग्रह रहेको पाइन्छ ।

समाजमा लिपिको आविष्कारसँगै क्रमिक रुपमा प्रकाशन युगको आरम्भ भयो । प्रकाशित सामग्रीहरू भावी पुस्ताका लागि संकलन र संरक्षण गर्ने कार्यको पनि थालनी भयो । त्यसको फलस्वरुप समाजमा पुस्तकालय स्थापनाको जग बस्यो । स्थापित पुस्तकालयहरू अध्ययनअनुसन्धान गर्ने केन्द्रको रुपमा समेत रहे ।

विश्वभर ज्ञान सामग्रीहरूको सिर्जना जसरी बढ्दै छ । त्यसैगरी पुस्तकालयको महत्व पनि बढ्दै गएको छ । किनकि पुस्तकालय सभ्य, सुसंस्कृत र शिक्षित समाजको अभिन्न अंग होस ज्ञानको भण्डार होस मानव इतिहास, सभ्यता र संस्कृतिको पहिचान हो । हाल प्रविधिको विकास र विश्वव्यापी विस्तारसँगै पठन संस्कृतिमा आएको कमीले पुस्तकालयको महत्व कम भएको आभास भए पनि यथार्थमा पुस्तकालयको महत्व कहिल्यै कम हुन सक्दैन । सूचना प्रविधिबाट सतही सूचना मात्र थाहा पाइन्छ भने गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय नै अपरिहार्य छ । सबै ठाउँमा पुस्तकालय नहुनु, भएका पुस्तकालयमा पनि सबै विधाका पठनीय पुस्तक नपाइनु र पठन संस्कृति समेत कम हुँदै जानुका कारण पाठकलाई पुस्तकालयले आकर्षण गर्न सकेको छैन ।

इतिहास स्

नेपालमा पुस्तकालयको इतिहास धेरै लामो छैन । राजा पृथ्वीनारायण शाहले युद्धबाट काठमाण्डौ उपत्यका विजय गरेपश्चात नुवाकोट दरबार, गोर्खा दरबार लगायत जहाँजहाँ विजय हासिल गरेस त्यहाँका हस्तलिखित ग्रन्थहरू हनुमानढोकास्थित दरबारको पूजा कोठामा राखियो । यसरी ग्रन्थहरू संग्रह गरेको केही वर्षपछि त्यही पूजा कोठाले अघोषित राजकीय पुस्तकालयको दर्जा पायो ।

तिनै हस्तलिखित ग्रन्थहरूको संरक्षण गर्ने प्रबन्ध मिलाउन १८६९ साल भदौ १५ गतेका दिन राजा श्री ५ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा पुस्तक चिताइ तहबिलभनी लालमोहर जारी भएको इतिहास छ । चिताइको अर्थ रेखदेखतहबिलको अर्थ ढुकुटी संग्रह भनिएको पाइन्छ । सोही तहबिललाई नै कानूनी मान्यताप्राप्त नेपालको पहिलो पुस्तकालय मानिन्छ । नेपालमा पुस्तकालयको स्थापना भएको सोही ऐतिहासिक दिनको सम्मान गर्दै नेपालमा २०६५ साल भदौ १५ गतेबाट हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवसमनाउने गरिन्छ ।

त्यसरी पहिलो पटक हनुमानढोकामा संग्रहित ती पुस्तकहरू श्री ३ जंगबहादुर राणाले विक्रम सम्बत् १९०४ मा थापाथली दरबारको जैसी कोठामा, वीर शमशेरले १९५३ सालमा दरबार स्कूलमा, १९५७ सालमा घण्टाघरमा सारिएपछि वीर पुस्तकालय नामाकरण गरिएको अभिलेख पाइन्छ । त्यसपछि लगत्तै १९५७ साल फागुन १५ गते देव शमशेरले सो पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला भएको पहिलो पटक घोषणा गरेका थिए । निरंकुश शासक राणाहरूले १९८६ सालमा सामुदायिक पुस्तकालय खोलेको अभियोगमा महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत ४६ जनालाई देशद्रोहको आरोप लगाई जनही सय रुपैयाँ जरिवाना गराएको पनि इतिहासमा उल्लेख छ ।

चन्द्र शमशेरले फेरि पुस्तकालयमा सर्वसाधारणको प्रवेश निषेध गरेको इतिहास भए पनि राणाहरूको शासनकालमै ९२००७ साल अगावै० राणाहरूले आफ्नो निजी प्रयोजनका लागि वीर पुस्तकालय, केशर पुस्तकालय, सिंह पुस्तकालय आदि खोलेका पाइन्छन् ।

विरासत :

२००७ साल फागुन ७ को राजनीतिक परिवर्तनपछि मात्रै नेपालमा सर्वसाधारण जनताले पुस्तकालय खोल्न र खोलिएका पुस्तकालयमा प्रवेश पाएको पाइन्छ । पछि, २०२४ सालतिर ती पठन सामग्रीहरूलाई पुनः रामशाह पथमा सारिएपछिको नाम राष्ट्रिय अभिलेखालयभएको छ ।

त्यसपछिको लामो कालखण्ड पार गरी २०६४ सालमा सरकारले पारित गरेको पुस्तकालय तथा सूचना सेवा नीतिमा सरकारी वा गैरसरकारी संस्थाको संयुक्त सहयोगमा सबै विद्यालयहरू, गा।वि।स।हरू र नगरपालिकाहरूमा सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालन गर्ने अवधारणा थियो । त्यो अवधारणामै सीमित रहेको अवस्थामा नेपालको नयाँ संविधान२०७२ को भाग४ को धारा५१ को उपधारा ९ज ४० मा समेत नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र तथा पुस्तकालय स्थापना गर्ने कुरा उल्लेख भए पनि तद्नुरुप काम भने हुन सकेन ।

नेपालमा विद्यमान पुस्तकालय :

पूर्ण सरकारी स्वामित्व भएको नेपालको पुस्तकालय नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना २०१३ सालमा भएको हो । यो ललितपुर जिल्लाको पुल्चोकस्थित हरिहर भवनमा छ ।२०७२ साल बैशाख १२ गतेको भूकम्पले भौतिक क्षति पुगेको यस पुस्तकालयमा विभिन्न विधाका गरी लगभग डेढ लाख पुस्तकहरू छन्, भनिन्छ ।

नेपाल सरकारलाई दान प्राप्त भएको केशर पुस्तकालय र डिल्लीरमणकल्याण रेग्मी स्मारक पुस्तकालय पनि नेपाल सरकारकै स्वामित्व रहेका पुस्तकालयहरू हुन् । यसका अलावा केही मन्त्रालय र विभागमा पनि सरकारी पुस्तकालयहरू रहेका छन्, जसलाई भने सरकारले नियमित बजेटको व्यवस्था गरिरहेको पाइन्छ ।

शैक्षिक पुस्तकालय :

विद्यालय वा शैक्षिक प्रतिष्ठानमा रहेका पुस्तकालयलाई शैक्षिक पुस्तकालयभनिन्छ । शैक्षिक पुस्तकालयहरू पनि ३ प्रकारका हुन्छन्विद्यालय पुस्तकालय, महाविद्यालय पुस्तकालय र विश्वविद्यालय पुस्तकालय । त्यस्ता पुस्तकालयमा विशेष गरेर ती तीनै तहका सम्बन्धित पाठ्यसामग्रीहरू राखिएका हुन्छन् । हाल नेपालका सबैजसो उच्च माविहरू, क्याम्पसहरू, विश्वविद्यालयहरू र शैक्षिक प्रतिष्ठानहरूमा शैक्षिक पुस्तकालयहरू स्थापना गरिएका छन् ।

सामुदायिक पुस्तकालय :

स्थानीय जनताले चन्दा उठाएर, कुनै समाजसेवी वा व्यक्तिविशेषले, सामुदायिक संघसंस्थाले, गैरसरकारी संघसंस्थाले वा अन्तर्राष्ट्रिय संघसंस्था आदिबाट स्थापित वा सञ्चालित पुस्तकालयलाई सामुदायिक पुस्तकालयभन्ने गरिन्छ । सामुदायिक पुस्तकालयमा उपस्थित भएर आफ्नो रुचि अनुसारका पुस्तक र पत्रपत्रिकाहरू पढ्न पाउने व्यवस्था मिलाइएको हुन्छ । ती पुस्तकालयमा सदस्यता लिएर वा निश्चित शुल्क तिरेर आवधिक रुपमा पुस्तकादि घर लगेर पढ्ने सहुलियत पनि हुने गर्दछ ।

सरकारबाट यदाकदा र केही सीमितलाई मात्रै सरकारी अनुदान प्राप्त हुने यस्ता सामुदायिक पुस्तकालय लगभग १ हजारको संख्यामा रहेको अनुमान गरिन्छ । नेपालको इतिहासमा विश्वेश्वरप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला चाहिँ सार्वजनिक पुस्तकालयको लागि बजेट नै छुट्याइएको पाइन्छ ।

सामुदायिक पुस्तकालयको प्रमुख महत्व भनेको किशोर र युवाहरूलाई कुलतबाट जोगाउनु हो । उनीहरूलाई कुसंगत र कुलतबाट टाढा राख्न तथा विद्यालय तहका पुस्तक बाहेक सांसारिक ज्ञानगुन, वैश्विक आविष्कार, प्रविधि, विज्ञान, पर्यावरण, भूगोल, इतिहास आदिको जानकारीमूलक पुस्तक पढेर समयको सदुपयोग गर्न प्रेरित गर्नु हो ।

त्यसैगरी, शिक्षित बेरोजगार युवाहरूलाई विभिन्न समयमा खोलिने सरकारी वा गैरसरकारी निकायका रिक्त दरबन्दीहरूमा भर्ना हुने सम्बन्धी सूचनाको जानकारी पनि पुस्तकालयमा आउने पत्रपत्रिकाहरूबाट हुन्छ । सामुदायिक पुस्तकालय विभिन्न व्यक्तिहरूसँग चिनजान गर्ने पनि उपयुक्त स्थल हो ।

विशिष्ट पुस्तकालय :

कुनै विशेष क्षेत्र, विधा, भाषा, माध्यम वा पाठकसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका लगायतका पठन सामग्रीहरू संग्रहित पुस्तकालयलाई विशेष वा विशिष्ट पुस्तकालयभनिन्छ । जस्तै : मदन पुरस्कार पुस्तकालय, कारागार पुस्तकालय, राष्ट्रिय ब्रेल पुस्तकालय इत्यादि ।

परम्परागत पुस्तकालय :

हामीकहाँ १९५० देखि १९६० को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयको स्थापना भए । सन् १९९० मा निरंकुश राजतन्त्रको अन्त्यसँगै पुनः सामुदायिक पुस्तकालयहरूले गति लिन थाले । यद्यपि नेपालमा हालसम्म पनि पुस्तकालय सम्बन्धी आवश्यक नीति र नियम अनुगमन गर्ने सरकारी निकाय नभएकाले देशभर कति पुस्तकालय छन् र पुस्तकालयको अवस्था कस्तो छ भन्ने तथ्यांक छैन ।

हाम्रो देशमा भएका अधिकांश पुस्तकालय परम्परागत पुस्तकालय नै हुन् । जहाँ पुस्तकहरूका अतिरिक्त विभिन्न पत्रपत्रिकाहरू हुन्छन् । पुस्तकालयमा भएका पुस्तक तथा पत्रपत्रिका त्यहीँ बसेर पढ्ने अथवा सम्बन्धित पुस्तकालयको नियम अनुसार निश्चित समयका लागि घर लगेर पढ्ने सुविधा हुन्छ ।

अहिले पनि ग्रामीण क्षेत्रका धेरै पुस्तकालयमा पुस्तकको सूची पनि कागजकार्डमा बनाइएको हुन्छ । स्कूल, कलेज तथा क्याम्पसहरूले सञ्चालन गरेका पुस्तकालय समय अनुसार केही परिवर्तन भए पनि अधिकांश सामुदायिक पुस्तकालयको अवस्था उस्तै छ । मुलुक संघीयतामा गएको लामो समय बिते पनि स्थानीय सरकारहरूले समेत पुस्तकालयका लागि बजेट विनियोजन गर्न र पठन संस्कृतिलाई बढावा दिन पुस्तकालयको नवस्थापना तथा पहिल्यैदेखि भएका पुस्तकालयको सुसञ्चालन बारेमा ठोस निर्णय गर्न सकेका छैनन् । त्यसले गर्दा भएका पुस्तकालय पनि स्याहारविहीन भई जीर्ण बन्दै गएका छन् । यस अवस्थामा तीन तहकै सरकारले पुस्तकालयका बारेमा ठोस नीति बनाएर सामुुदायिक पुस्तकालयको संरक्षणमा जुट्नु पर्ने आवाज उठिरहेको छ ।

त्रिवि केन्द्रीय पुस्तकालय

नेपालमा पुस्तकालयको इतिहास केलाउँदा नेपालकै ठूलो पुस्तकालयका रुपमा परिचित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको बारेमा चर्चा गरिनु आवश्यक हुन्छ । यो पुस्तकालयको स्थापना सन् १९५९ मा भएको थियो । करीब १ हजार २ सय पुस्तक भण्डारण गरी शुरु भएको यो पुस्तकालयमा हाल ४ लाख ३० हजारभन्दा बढी पुस्तक संग्रहित छन् । पुस्तकालयमा संकलित पुस्तक, ठूलो भवनमा त्यसले चर्चेको भूभागका कारण यो पुस्तकालयले देशकै ठूलो पुस्तकालयको गौरव हासिल गरेको छ ।

यो पुस्तकालय भवन २०७२ सालको भूकम्पका कारण कमजोर स्थितिमा छ । हाल पुस्तकालयको नयाँ भवन निर्माण भएको छ । शैक्षिक गुणस्तरमा अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ समयको माग अनुसार त्रिविले केन्द्रीय पुस्तकालय लगायत आंगिक क्याम्पसहरूमा समेत ईलाइब्रेरी सञ्चालनमा ल्याएको छ ।

कोभिड१९ को प्रभाव र ईलाइब्रेरीको उपदेयता :

सन् २०२० को जनवरीदेखि विश्वभरि नै महामारीको रुपमा फैलिएको कोभिड१९ बाट संक्रमण हुन नदिन विश्वका अधिकांश देशहरूले गरेको लकडाउनमा शैक्षिक संस्था र पुस्तकालय पनि बन्द भए । त्यही समयमा इन्टरनेटका माध्यमबाट अन्लाइन शिक्षालाई प्राथमिकता दिइएको थियो । विभिन्न विद्यालय र कलेजले अन्लाइनबाट पठनपाठन गरे । यद्यपि अन्लाइन शिक्षा त्यसबेलाको विकल्प त भयो, तर, सबैका निम्ति पहुँचयोग्य सुलभ हुन सकेको थिएन । त्यसयता पनि शैक्षिक संस्थाहरूले अन्लाइन शिक्षाको मोडल विकास गरिरहेका छन् ।

सूचना र प्रविधिको विकाससँगै (डिजिटल-भर्चुअल लाइब्रेरी) र घुम्ती पुस्तकालय (सवारीसाधनमा पुस्तक राखी डुलाउने प्रविधि) मोबाइल लाइब्रेरीको विकासले गर्दा प्रयोगकर्ताले चाहेको समयमा आफ्नै हातमा सूचना उपलब्ध हुन सक्ने समयको विकास भएको छ । यो ईलाइब्रेरीको विशिष्टतम उपदेयता हो ।

प्रविधिमैत्री पुस्तकालय अर्थात् ईलाइब्रेरी

पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्याप्टप, आइप्याड, ट्याब्लेट, किन्डल र मोबाइल) को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालय हुन् ।

लाइब्रेरी भनेको दूरशिक्षाको एक रुप हो, जुन इन्टरनेटका माध्यमबाट आफूलाई पायक पर्ने ठाउँमा बसेर पठनपाठन गर्न सकिन्छ । ईलाइब्रेरीसँग सम्बन्धित धेरै तर्कहरू नभएका होइनन् । तर, आजको उन्नत प्रविधिको युगमा यो एक महत्वपूर्ण चर्चाको विषय बनेको छ । एकै ठाउँमा बसेर संसारभरका विश्वविद्यालयहरूका उपलब्ध पुस्तक सामग्री अध्ययन गर्न सकिन्छ ।

यस्तो प्रविधियुक्त अनलाइन पुस्तकालयका पाठ्य सामग्रीहरू सहज र पहुँचयोग्य छन् । सञ्चारजन्य विकसित प्रविधिलाई उपयोग गर्न सकियो भने ग्रामीण र दुर्गम क्षेत्रमा पनि यसको पहुँच पुग्न सक्छ । ईलाइब्रेरी पद्धति अपेक्षाकृत रुपमा सस्तो पनि हुन्छ । परम्परागत पुस्तकालयमा हुने खर्च (जस्तै : पुस्तकहरूको लागत, भण्डारण, यातायात, आवास, शिक्षक, सहयोगी मानव स्रोत) भन्दा कम लागतमा अन्लाइन नै पुस्तक उपलब्ध हुने सहजता यसको अर्को मितव्ययी र समय पनि कम लाग्ने चाखलाग्दो पक्ष हो । कुनै पनि पाठक वा अनुसन्धाता वा शोधकर्ताले सहज तरिकाले ईलाइब्रेरीमा कोर्ष गर्न र आफ्नो समय तालिका अनुसार योजना गर्न र अध्ययन गर्न पाउने सुविधा हुन्छ ।

प्रविधिमैत्री भएर फेसटुफेस तथा प्रत्यक्ष (भर्चुअल) कक्षा र अनुसन्धानको संयोजनले आज ल्फिप कक्षा तथा मिश्रित शिक्षा प्रणालीलाई जन्म दिएको छ । यसप्रकार ईलाइब्रेरीको विकासले शिक्षा आर्जन गर्ने वातावरणको सहजतासँगै पाठकको सिक्ने क्षमता समेत बढाउने विज्ञहरूले बताउने गरेका छन् ।

सुचना र प्रविधिको विकाससंगै समय वदलिएको छ । समय अनुसार पठन संस्कृति पनि वदलिएको छ । भौतिक पुस्तकालयमा प्रत्यक्ष पहुच र समय नहुने, तर अनलाइनमा वसेर पढ्न चाहनेहरुको लागी ईलाइब्रेरी उपयोगि र भरपर्दो मानिन्छ । यसमा इपुस्तकहरुअडियोभिडियो, शैक्षिक पत्रहरु ,पत्रिकाहरु, जर्नलसहित डिजिटल सामग्रीहरुको अध्ययन गर्न सकिन्छ । पाठकले कुनै पनि इन्टरनेट जडित उपकरणहरुलाई आफ्नो समयानूकूल, ठाउ अनुकूल पढ्न सक्छन । यसमा आफुले चाहेजस्तो खोज गर्न , शिर्षक र लेखहरुको विषय थाहा हुने वित्तिकै खोजि गर्न अनुमति इन्टरनेटले दिन्छ र पाठकले दिएको कमाण्ड अनुसार तथ्य डिस्प्ले गर्ने गर्दछ । यसको अर्को राम्रो र रोचक पक्ष भनेको उद्यारोमा पढ्न दिने हो । इन्टरनेटले केहि समयका लागी डिजीटल अध्ययन अनुसन्धानका लागी सामाग्री उपलब्ध गराउने गर्दछ ।जसमा पाठकले पढ्नका लागी फन्ट साईज , पृष्ठभूमि रंग र अन्य जुनसुकै तरिकाले पनि खोज गर्न सक्ने व्यवस्था छ ।

लाइब्रेरीमा भएका कुनै पनि सामग्री अध्ययन गरि सकेपछि उपयोगि ठहरिएमा भविष्यमा खोज्न सजिलो होस भनि वुकमार्क गरेर राख्ने व्यवस्था पनि हुन्छ । शैक्षिक संस्थाका पुस्तकालय, सार्वजनिक पुस्तकालय लगायतका पुस्तकालयका लागी ईलाइब्रेरी आवश्यक सावित भइसकेको छ ।

पुस्तक, पत्रिका लगायत कुनै पनि किसीमका परम्परागत कागजी सामाग्री ईलाइब्रेरीमा पाइदैन । ईलाइब्रेरीमा संसारलाई जोड्ने इन्टरनेटको माध्यमवाट प्राप्त हुने डिजीटल अध्ययन सामाग्रीहरु पाइन्छन । पाठकहरुले कम्प्युटरवाट पुस्तकालयको इरिसोर्सेस डाटावेशमा भण्डारण भएका इबुक्स, जर्नल, म्यागजिन, न्युजपेपर आदीको अध्ययन गर्न सक्छन । यसमा डिभीडी रोममा राखिएका सुचना सामाग्रीहरु अध्ययन गर्न सक्छन । कसैको पनि आफ्नो घरवाट प्राप्त हुन नसक्ने श्रव्यदृष्यका शैक्षिक र सुचनामूलक कार्यक्रम हेर्न सुन्न सक्छन । ईलाइब्रेरी विशेषगरि शैक्षिक संस्थाहरुमा स्थापना गर्ने गरिएको छ ताकि त्यहाका विद्यार्थी ,शिक्षक तथा अनुसन्धानकर्ताहरुले त्यहिबाट आफनो शैक्षिक आवश्यकता पूरा गर्न सक्छन । यस्ता शैक्षिक संस्थाहरुले अन्र्तराष्टिय डाटावेशहरु पनि खरिद गर्ने र सब्सक्राइव्स गरेका छन । यसले आफ्ना विद्यार्थी शिक्षक र अनुसन्धान कर्ताहरुलाई शैक्षिक स्रोत सामाग्रीको अभाव महशुस नहोस भन्ने अपेक्षा हुन्छ ।

नवीनतम ज्ञानलाई इन्टरनेट प्रयोग गरेर वा नगरेर कम्प्युटर वा स्मार्टफोनको माध्यमद्वारा हेर्न, सुन्न वा पढ्न सकिने गरी व्यवस्थित गरिएका पुस्तकालयहरूलाई ईलाइब्रेरी अर्थात् विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । हाल बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढिरहेको हो ।

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले हिजोको क्लेटयाब्लेट (माटोमा चित्रात्मक संकेत दिने समय) देखि आजको ईट्याब्लेट (सूचना प्रविधिको समय) सम्मको अवस्थालाई तुलना गर्दा पुस्तकालयको परिभाषा नै परिवर्तन भएको पाइन्छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कोठाभित्र किताबहरूको संग्रह गरेर राखिने स्थायी प्रकृतिको पुस्तकालयको मात्र अस्तित्व रहन्छ भन्ने आम धारणामा समेत परिवर्तन आएको छ ।

इन्टरनेटको माध्यमबाट ज्ञान र सूचना सस्तो, सुलभ र शीघ्र आदानप्रदान हुने सजिलो माध्यम भएको हुनाले संसारमा द्रूत गतिमा ईलाइब्रेरीहरू स्थापना हुने क्रम जारी छ । इन्टरनेटमा एउटा किताबलाई धेरै जनाले पढ्न सक्ने भएकाले पनि यसको प्रयोग बढेको हुनु पर्छ । पुस्तकालय चहारिरहने झन्झटबाट मुक्त हुने र जुनसुकै बेला आफूले चाहेको पुस्तक वा सूचना विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले ईलाइब्रेरी दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ ।

अहिले संसारमा भएको जुनसुकै देशको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, रहनसहन, खानपान लगायतका विविधता इन्टरनेटमा सजिलै हेर्न, सुन्न र पढ्न सकिन्छ । जुन सहजता ईलाइब्रेरीमा पनि हुन्छ । बजारमा पाउन छाडिएका पुस्तक र पाठकलाई चाहिएको सन्दर्भ सामग्री सहजै पाउन सकिने भएकोले पनि ईलाइब्रेरीको लोकप्रियता बढेको छ ।

यसरी प्रविधिले तीव्र रुपमा फड्को मारेसँगै अध्ययन गर्न सकिने मात्र होइन, सुन्न र स्पर्शद्वारा पढ्न सकिने विद्युतीय प्रविधिमा आधारित पुस्तक समेत तयार भएका छन् । विद्युतीय प्रविधिमा आधारित सूचना सामग्रीहरूको आविष्कारले हरेक ज्ञानवद्र्धक सामग्रीहरू सहज रुपमा प्राप्त गर्न, अध्ययन÷श्रवण र भण्डारण गर्न सहज भएको छ । इन्टरनेटको प्रयोगले सिङ्गो संसार एउटै परिवारमा परिणत भएको छ ।

लाइब्रेरीको विकास र विस्तारले पाठकले चाहेको समयमा इन्टरनेट उपलब्ध जुनसुकै ठाउँमा पढ्न सक्ने वातावरणको विकास गरेको छ । जसले पाठकहरूलाई नयाँनयाँ जानकारी लिन, ज्ञान आर्जन गर्न, एकअर्काका अनुभव एवम् भोगाइ बताउन, सीप सिक्न र आफ्नो क्षमता विकास गर्न प्रेरित गराएको छ । यसैले आजको प्रविधिउन्नत विश्वमा ईलाइब्रेरीको अनिवार्य आवश्यकता भइसकेको छ ।

त्यसैले, ‘पुस्तौ पुस्ताका लागि पुस्तकालय’, १६औं पुस्तकालयको सबैमा शुभकामना ।

(लेखक पुजन आचार्य मेची बहुमुखी क्याम्पस, भद्रपुर (झापा) की कर्मचारी हुन् ।)

 

सम्बन्धित समाचार