२०८३ बैशाख ५ गते , शनिबार

शिक्षामा सूचना–संचारप्रविधिः जटिल समस्याको सहज समाधान

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
शिक्षामा सूचना–संचारप्रविधिः जटिल समस्याको सहज समाधान

 गुरु मैनाली

विज्ञान/प्रविधिको विकास हुनुभन्दा पहिले समाज अत्यन्त सरल थियो सिक्ने कुरा सीमित थिए तिनै सीमित कुराहरू जाने पुग्दथ्यो तर अहिले समाज जटिल बन्दै गएको नसोचेका ठूला ठूला परिवर्तनहरू भएका छन् यस सम्बन्धमा आफ्नो पुस्तकपाठ्यक्रम सिद्धान्त तथा व्यवहारमा हिल्डा टावा लेख्छिन्पहिला एउटा ठूलो या महत्वपूर्ण परिवर्तन हुन शताब्दीयौं या पुस्तौं पुस्ता लाग्दथ्यो तर अहिले त्यस्ता परिवर्तन दश या पाँच वर्षमै हुने गरेका छन्

विज्ञान तथा प्रविधिको विकासले अन्य कुराका अतिरिक्त सिक्ने विषयवस्तुमा ठूलो परिवर्तन ल्याइदिएको विज्ञान विषय टुक्रिएर भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान, वनस्पति विज्ञान भूगर्भ विज्ञान आदि अनेकौं उपविधामा विभाजन भएको यसै मेसोमा उदाएको कम्प्युटर विज्ञान केही वर्षमै सूचना तथा सञ्चारप्रविधिमा परिणत भयो

१९८० को दशकको शुरूसम्म शिक्षामाकम्प्युटरप्रचलित शब्द मात्र थियो तर सोही दशकको अन्त्यतिर कम्प्युटरको ठाउँ सूचना प्रविधिले लियो, कारण यो बेला माइक्रो कम्प्युटरहरू देखा परे अनि कम्प्युटरबाट हिसाब गर्ने काम मात्र नभई यसमा सूचना संचय पुनः प्रयोग समेत गर्न सकिने भयो त्यसैले त्यतिखेरसूचना प्रविधिभन्ने लवज अस्तित्वमा आयो सन् १९९२ मा पहिलोपल्ट सर्वसाधारणका लागि इमेल सुविधा उपलब्ध भयो अर्थात् कम्प्युटरबाट सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा सम्प्रेषण समेत गर्न सकिने भयो त्यसैले यसलाई सूचना तथा सञ्चार प्रविधि (सूस प्रविधि) भनिन थालिएको हो आजभोलि कम्प्युटर, सूचनाप्रविधि तथा सूस प्रविधि पर्यायवाची शब्दका रूपमा प्रयोग हुन थालेका छन्

 

सूस प्रविधिलाई व्यापक किसिमले परिभाषित गर्दै युनेस्को भन्छ, “सूचना तथा सञ्चारप्रविधि भन्नाले सूचनाको सृजना गर्ने, संचय गर्ने, पुनः प्राप्त गर्ने, व्यवस्थापन गर्ने तथा सम्प्रेषण गर्ने इलेक्ट्रोनिक माध्यमलाई बुझाउँछ यस्ता प्रविधिभित्र रेडियो, टेलिभिजन, भूउपग्रह प्रणाली, भिडियो, कम्प्युटर, इमेल, इन्टरनेट, डिजिटल क्यामेरा, भिडियो कन्फरेन्सिङ तथा सीडी/डीभीडीहरू समेत पर्दछन् यीमध्ये पनि कम्प्युटर इन्टरनेट प्रमुख मानिन्छन्

एक्काइसौं शताब्दी सूस प्रविधिको युगको रूपमा चिनिन्छ अहिले सूचना नै शक्ति भएको सूस प्रविधिको जानकारीविहीन समाज वा समुदाय सामाजिक तथा आर्थिक रूपमा पछिपर्ने निश्चित विश्वका कुनै पनि घटना वा सूचनाहरू यिनै सूचनाप्रविधिका माध्यमबाट एकैछिनमा विश्वव्यापी बन्न पुग्छन् नयाँ-नयाँ सूचना तथा ज्ञानहरू निर्माण हुँदैछन् महत्वपूर्ण ठानिएका पुराना ज्ञान तथा सूचनाहरू बेकामे बन्दै गएका छन्

सूस प्रविधिका कारण प्रायः जुनसुकै सूचना सामग्री जहिले पनि जहाँ पनि प्राप्त गर्न सकिने भएको यही नै सूचनाप्रविधिको प्रमुख विशेषता हो पहिले रेडियो तथा टेलिभिजन कार्यक्रमहरूको प्रसारण क्षेत्र सीमित हुन्थ्यो त्यो पनि प्रसारण भएकै बेला मात्र सुन्न वा हेर्न सकिन्थ्यो सूस प्रविधिका कारण आजभोलि रेडियो तथा टेलिभिजनका कार्यक्रमहरू पनि संसारभर उपलब्ध छन् जहिलेसुकै पनि उपलब्ध हुन थालेका छन्

सूस प्रविधिको प्रयोग हरेक ठाउँ हरेक क्षेत्रमा हुन थालेको विद्यालय, कलेज, कलकारखाना, अस्पतालयसको प्रयोग नभएको ठाउँ छैन सूस प्रविधिको आगमनले विश्वलाई एकदमै नजिक ल्याइदिएको त्यसैले विश्वलाई नैग्लोबल भिलेजभन्न थालिएको

सूस प्रविधिको मुख्य आवश्यकतालाई निम्न अनुसार व्याख्या गर्न सकिन्छः

सूचना अर्थतन्त्रको भूमण्डलीकरण

अहिले अर्थतन्त्रको भूमण्डलीकरण हुँदै गएको एक देशको अर्थतन्त्रमा अर्को देशको अर्थतन्त्रबाट नकारात्मक तथा सकारात्मक असरहरू पर्न थालेका छन् अर्थतन्त्रको भूमण्डलीकरणले अवसर तथा चुनौती दुवै पैदा गरेको यसले रोजगारीको अवसर पनि सृजना गरेको नेपालको सूचना प्रविधि नीति, २०५७ ले सन् २०१२ सम्ममा नेपालमा करीब ५० हजार उच्च दक्षतासहित कुल लाख ३२ हजार जनशक्ति आवश्यकता पर्ने अनुमान गरेको थियो अहिले लोकसेवा आयोगले लिने सामान्य प्रशासन, लेखा, राजस्व लगायतका परीक्षामा समेत २५ पूर्णाङ्कको कम्प्युटर सीप परीक्षणलाई पाठ्यक्रममा समावेश गरिएको बैंकहरूले अनलाइन सेवा शुरू गरेका छन् शिक्षक सेवा आयोगले पनि कम्प्युटरको आधारभूत ज्ञान शिक्षामा सूस प्रविधिको महत्वबारे आफ्नो पाठ्यक्रममा समावेश गरेको

अहिले एक ठाउँको सूचना वा समाचार एकैछिनमा विश्वव्यापी हुन्छ सूचनाको अत्यधिक प्रवाहले गर्दा छोटो समयमै कतिपय ज्ञान पुराना तथा बेकामे हुने तथा नयाँ सूचना तथा ज्ञान प्राप्त हुने अवस्था नयाँ नयाँ सूचना तथा ज्ञानबाट विद्यार्थीलाई अद्यावधिक गराइराख्न पनि आज सूस प्रविधि अपरिहार्य हुन पुगेको

सूस प्रविधिको क्षेत्रमा हरेक साल नयाँनयाँ प्रविधिको आविष्कार हुन थालेको आफूलाई समयसापेक्ष प्रतिस्पर्धी बनाउन पनि त्यस्ता नयाँ प्रविधिको जानकारी जरुरत पर्दछ ; नवीन प्रविधिको जानकारीका लागि सूस प्रविधि जति सजिलो माध्यम अर्को केही छैन

सूचनामा आधारित अर्थतन्त्र समाज सूस प्रविधिका कारण ज्ञानमा आधारित अर्थतन्त्रको विकास भएको माइक्रोसफ्ट, गुगल, फेसबुक लगायतका अर्बपति संस्थाहरूको उत्पादन कुनै पदार्थ होइन, सफ्टवेयर मात्र हो त्यसको आधार ज्ञान मात्र हो लेखा राख्ने सफ्टवेयर, रिजल्ट गर्ने सफ्टवेयर, तथ्याङ्क राख्ने सफ्टवेयर आदि सबै ज्ञानमा आधारित अर्थतन्त्रका उदाहरण हुन्

अब विस्तारै समाजका सबै क्षेत्रहरू सबै समाजहरू सूचना, ज्ञान सिकाइमा आधारित हुन थालेका छन् यसका लागि सूस प्रविधिको शिक्षा आवश्यक परेको

शिक्षामा सूस प्रविधि

सन् १९४८ को मानवअधिकारको विश्वव्यापी घोषणापत्रले आधारभूत शिक्षा पाउनु सबै बालबालिकाको अधिकार भनी उल्लेख गरेको त्यही अधिकारमुखी आवधारणाका कारणसबैका लागि शिक्षाको नारा अघि आएको हो शिक्षा मानिसका सम्भावनाहरूलाई फराकिलो पार्ने माध्यम हो त्यसैले त्यसले विश्वस्तरका प्रविधिहरूलाई पनि ध्यानमा राख्नै पर्छ त्यस बाहेक; भौगोलिक आर्थिक सीमाहरू पनि नाघ्न सक्ने भएकाले दूर शिक्षा, अनलाइन तथा खुला शिक्षाको माध्यमबाट हाम्रो भौतिक संरचनाको सीमिततालाई जित्नका लागि पनि सूस प्रविधि उपयुक्त माध्यमको रूपमा देखापरेको

नयाँ ज्ञान सूचनाहरूको आगमनसँगै शिक्षकहरूमा साविकदेखि रहँदै आएको सूचना, ज्ञान सीपलाई परिमार्जन गर्न जरुरी हुन्छ तर सबै शिक्षकलाई एकैपटक सूचना तथा ज्ञानका बारेमा औपचारिक ढंगबाट अद्यावधिक गर्न सम्भव हुँदैन यसका लागि अनलाइन, दूर शिक्षा तथा खुला शिक्षाको सहयोग लिनैपर्छ


सूचनाप्रविधिको क्षेत्रमा हरेक साल नयाँनयाँ प्रविधिको आविष्कार हुन थालेको आफूलाई समयसापेक्ष प्रतिस्पर्धी बनाउन पनि त्यस्ता नयाँ प्रविधिको जानकारी जरूरत पर्दछ ; नवीन प्रविधिको जानकारीका लागि सूस प्रविधि जति सजिलो माध्यम अर्को केही छैन


सूस प्रविधिको प्रयोगबाट धेरै विद्यार्थी भएको विद्यालयमा वा बहुकक्षा शिक्षण भएका स्थानमा शिक्षक एउटा कक्षामा पठनपाठनमा व्यस्त रहँदा विद्यालयमा कक्षा व्यवस्थापन गर्न सजिलो हुन्छ विद्यार्थीलाई खोजी कार्य दिएर, लाइब्रेरी वा शैक्षिक कार्यक्रमहरू देखाएर, ट्यूटोरियल सीडीहरू दिएर, शैक्षिक खेलहरू सञ्चालन गर्न दिएर वा सूस प्रविधिका अन्य गतिविधिबाट स्वाध्यायन गर्न लगाउन सकिन्छ यसले विद्यार्थीहरूको सिकाइको गुणस्तर प्रभावकारिता वृद्धि गर्दछ

शिक्षणको गुणस्तर वृद्धि गर्न

शिक्षण एकदमै कठिन कार्य हो यसका लागि विभिन्न सीपहरूको जरूरत पर्दछ एकपटक सिकेको सीप सधैंभरी उपयोगी नहुन सक्छ यसका लागि शिक्षकले आफ्नो पेशागत विकासलाई निरन्तर रूपमा कायम राख्नुपर्दछ यहींनेर सूस प्रविधि महत्त्वपूर्ण साधन बन्दछ अमूर्त कुराहरू विद्यार्थीलाई बुझाउन कठिन हुन्छ तर एनिमेशन, सिमुलेशन तथा त्रिआयामिक वस्तुहरूको सहयोगमा सजिलैसँग यी कुराहरू सिकाउन सकिन्छ

शिक्षकले आफूले नजानेका कुरा सिक्नका लागिमौका पाइएन’, ‘सम्पर्क भएनजस्ता समस्या पनि झेल्नु पर्दैन उनीहरूले आफ्ना समस्या प्रश्नको माध्यमबाट वेबसाइटमा राखिदिए भने तत्कालै सयौं जवाफ प्राप्त हुन्छन् प्रशिक्षकसँग, विश्वविद्यालयसँग अन्य शिक्षकहरूसँगको अनलाइन सम्पर्कबाट पनि थुप्रै तरीका तथा सुझावहरू हासिल गर्न सकिन्छ

शैक्षिक सामग्री निर्माण गर्न, शिक्षण योजना बनाउन, शिक्षणका नयाँ तरिकाहरूको बारेमा जानकारी लिन, पाठयोजना निर्माण गर्न, मूल्याङ्कनका नयाँ तरिका सीपहरू सिक्न पनि सूस प्रविधि उत्तिकै उपयोगी

सिकाइ विद्यालयमा मात्रै हुँदैन सिकाइलाई जीवनपर्यन्त जारी राख्नुपर्छ यसका लागि सूस प्रविधिको माध्यमबाट सिकाइलाई निरन्तर कायम गर्न सकिन्छ

सूस प्रविधिले व्यवस्थापकीय कार्यलाई पनि सरल सहज बनाउँछ विद्यार्थीका विवरण, शिक्षकको तलबी भरपाई, स्कूलको आयव्यय विवरण आदिलाई सरल सहज तरिकाले व्यवस्थापन गर्न सकिन्छ त्यसैगरी विद्यालयका अभिलेख विद्यार्थी विवरण, लेखा, रिजल्ट प्रकाशन, शैक्षिक सामग्रीको निर्माणलगायतका काममा यसको प्रयोग गर्न सकिन्छ यसले व्यवस्थापनलाई सरल, छिटो पारदर्शी बनाउन मद्दत पुर्याउँछ

हालको सबैभन्दा प्रमुख मुद्दा भनेको सूस प्रविधिलाई शिक्षण माध्यमको रूपमा कसरी प्रयोग गर्ने भन्ने नै हो सूस प्रविधिको प्रयोगले शिक्षण विधिलाईशिक्षक केन्द्रित विधिबाटविद्यार्थी केन्द्रित विधिमा रूपान्तरण गर्छ इन्टिग्रेटेड टेक्नोलोजी इन टिचिङ मा रोवलियर लेख्छन्, “शिक्षक केन्द्रित शिक्षण विधिको ठाउँमा विद्यार्थी केन्द्रित शिक्षण विधि सुरुआत गर्नु आधुनिक पाठ्यक्रमको मुख्य मुद्दा हो यसले विद्यार्थीमा उत्प्रेरणा जगाउँछ शिक्षण विधिलाई प्रभावकारी बनाउँछ शिक्षक तथा विद्यार्थीको उत्पादनशीलतामा वृद्धि गर्छ, सूचना युगका लागि आवश्यक सीप हासिल हुन्छ त्यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ ले पनिसूस प्रविधि शिक्षालाई पाठ्यक्रममा विशेष स्थान दिइनेछ सूस प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रूपान्तरणका लागि विषय माध्यम दुवै रूपमा प्रयोग गर्ने गरी पाठ्यक्रमको विकास गरिनेछभनी उल्लेख गरेको तर सूस प्रविधिलाई शिक्षण माध्यमको रूपमा उपयोग गर्नका लागि डिजिटल पाठका साथै शिक्षण विधिमा समेत परिवर्तन गर्नुपर्ने हुन्छ जसका लागि राष्ट्रिय लगानीका साथै प्राविधिकहरूको सहयोग पनि आवश्यक पर्छ

डिजिटल डिभाइडमा साँघु

सूचनाप्रविधिमापहुँच हुनेपहुँच नहुनेबीच ज्ञानको स्तरमा अन्तर बढ्दै गएको त्यही अन्तरलाईडिजिटल डिभाइडभनिन्छ आज जसको सूचना तथा ज्ञानको स्रोतमा पहुँच विज्ञको रूपमा गनिन्छ क्षमता भए पनि सूचना तथा ज्ञानको पहुँच नहुने व्यक्तिहरू सधैं पछि पर्छन् आज अधिकांश शिक्षक तथा विद्यार्थीले मुद्रित पुस्तकहरूमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको उनीहरू आफ्नो आवश्यकताको पूर्तिका लागि इन्टरनेट तथा वेबसाइटहरूको उपयोग गर्न सक्ने भएका छन् सयौं व्यक्तिहरूले एकैपटक कुनै पनि समय, कुनै पनि ठाउँबाट कुनै पनि सामग्री हासिल गर्न सक्छन् तर सूस प्रविधिमा पहुँच नहुनेहरू पछाडि छुट्छन्

अब सिकाइलाई अनलाइन पाठ्यवस्तुको माध्यमबाट चौबीसै घण्टा हेर्न पनि सकिन्छ सूस प्रविधिमा आधारित सिकाइले विद्यार्थीहरू एकै ठाउँमा भेला हुनुपर्ने अवस्थाको अन्त्य गरिदिएको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरूको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्था अब रहेन आज रेडियो, टेलिभिजन, भर्चुअल विद्यालय, भर्चुअल विश्वविद्यालयको माध्यमबाटै शिक्षा हासिल गर्न सकिन्छ तरडिजिटल डिभाइडसित सम्बन्धित एउटा कठोर सत्य के भने सूस प्रविधिको यो खाडललाई सूस प्रविधिकै साँघुले मात्र भर्न या साँघुर्याउन सकिन्छ

 

सम्बन्धित समाचार