२०८३ आश्विन १६ गते , शुक्रबार

भोटेकोशी बाढी अपडेट : ६१६ जनाको शव फेला

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १३ गते , शनिबार
भोटेकोशी बाढी अपडेट : ६१६ जनाको शव फेला

बिर्तामोड । नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् । अन्य जिल्लागत विवरण यस प्रकार छ : 

नवलपरासी पूर्व : १५८ जना

गोरखा : ४८ जना

नवलपरासी पश्चिम : ४७ जना

धादिङ  : ४५ जना

नुवाकोट : ४१ जना

तनहुँ : ३१ जना

रसुवा : १३ जना

विपद्को चपेटामा परेका दुई हजार तीन सय एक जनाको उद्धार गरिएको छ । जसमध्ये नुवाकोटबाट एक हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या १४) पुगेको छ।

उद्धार तथा राहत कार्यका लागि देशभर ४,८११ जना प्रहरी कर्मचारी परिचालित छन्।

सम्बन्धित समाचार