२०८३ आश्विन १६ गते , शुक्रबार

भोटेकोशी बाढी अपडेट : कोशीका १२२ जना बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १३ गते , शनिबार
भोटेकोशी बाढी अपडेट : कोशीका १२२ जना बेपत्ता

बिर्तामोड । भोटेकोशी नदीमा आएको बाढीका कारण कोशीका १२२ जना मानिस बेपत्ता भएका छन् । कोशीका १४ जिल्लामध्ये तेह्रथुम र पाँचथर बाहेक अन्य जिल्लाका १२२ जना मानिस बेपत्ता भएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाका ८ जना, इलामका ८ जना, ताप्लेजुङका ६ जना, मोरङका १४ जना, सुनसरीका १५ जना, धनकुटाका १ जना, संखुवासभाका ३ जना, भोजपुरका १ जना, उदयपुरका १० जना, ओखलढुंगाका ११ जना, खोटाङका ८ जना र सोलुखुम्बुका ३७ जना बेपत्ता भएका छन् । यस अघि १३० जना हराएकाहरु मध्ये ८ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयको शुक्रबार साँझको तथ्यांक अनुसार ५४७ जनाको शव फेला परेको छ ।   

                                                                                       

सम्बन्धित समाचार