२०८३ आश्विन १६ गते , शुक्रबार

फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ४ गते , सोमबार
फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

बिर्तामोड । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ । अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि हात पारेको हो ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्यो ।

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो ।

सम्बन्धित समाचार