२०८३ असार २२ गते , सोमबार

पहिलोपटक नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८३ असार २२ गते , सोमबार
पहिलोपटक नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

झापा पाँच पटकको विश्व विजेता ब्राजिललाई गोलले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको एर्लिङ हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनल प्रवेश गरेको हो

चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको

ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो

नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई ले नै पराजित गरेको थियो

यस्तै नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल ()मा अपराजित नर्वेले अब मेक्सिको इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए

उनले ७९औं मिनेटमा पहिलो गोल गरेका थिए आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन्

हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई को अग्रता दिलाए हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे

ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन

त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टी पाउाौा गोल गर्न चुकेको थियो पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए

खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए

न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए

पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए

दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकले गोल गर्ने राम्रो अवसर गुमाएका थिए उनले ५९औं मिनेटमा नर्वेका किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने चुकेका थिए जुन ब्राजिलका लागि महँगो सावित भयो

खेलमा नर्वेले ब्राजिलमाथि सुरुवात देखि बल पोसेसन राख्दै दबाब बनाएको थियो पहिलो हाफमा ब्रुनोले पेनाल्टीमा गोल गर्न चुकेपछि ब्राजिल झन् दबाबमा परेको थियो

खेलमा नर्वेले ६५ प्रतिबल बल पोसेस राख्दा ब्राजिलको ३५ प्रतिशत मात्र थियो यस्तै नर्वेले सट प्रहार गर्दा सट टार्गेटमा राखेको थियो

ब्राजिलले खेलभर १४ सट प्रहार गरेपनि सट मात्र टार्गेटमा थियो

 

 

सम्बन्धित समाचार