२०८३ असार २० गते , शनिबार
इजिप्ट र अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
बिर्तामोड । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा अस्ट्रेलिया पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४-२ ले पराजित गर्दै इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको हो ।
डलास स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट लिइएको हो।
त्यस्तै साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
मियामी स्टेडियममा भएकाे खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।
दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।