२०८३ असार १५ गते , सोमबार

झापामा ट्राफिक चेकजाँचमा कडाई, लापसे र मापसे गर्ने ७ जना चालक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ असार १५ गते , सोमबार
झापामा ट्राफिक चेकजाँचमा कडाई, लापसे र मापसे गर्ने ७ जना चालक पक्राउ

बिर्तामोड जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक चेकजाँचलाई कडा बनाएको चेकजाँचको क्रममा सोमबार मादक पदार्थ लागूपदार्थ सेवन गरी सवारी चलाउने जना चालकलाई प्रहरीले पक्राउ गरेको

बुद्धशान्ति गाउँपालिका वडा नम्बर स्थित मेची राजमार्गको कालीखोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा चालकहरुको लागूपदार्थ सेवन तथा मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो

दुई पांग्रे, चार पांग्रे, ट्याक्टरका गरी सय सवारी साधनका चालकहरुलाई ब्रेथलाईजरद्वारा चेकजाँच गर्दा जना चालकहरुले मादक पदार्थ सेवन गरेको पाइएको थियो त्यस्तै शंका लागेका २९ जना चालकहरुको लागूपदार्थ सेवन किटमार्फत चेकजाँच गर्दा दुईजना चालकहरुले लागूऔषध सेवन गरेको पाइएको थियो

लागूपदार्थ सेवन गरेको पुष्टि भएका चालकहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए

उनले सवारी दुर्घटना न्यूनीकरण सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नको लागि चेकजाँच कार्यक्रम गर्ने गरिएको कार्यालय प्रमुख राईले बताए

सम्बन्धित समाचार