२०८३ आश्विन १७ गते , शनिबार

रुखबाट लडेर घाइते बुद्धशान्तिका एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ११ गते , सोमबार
रुखबाट लडेर घाइते बुद्धशान्तिका एक जनाको मृत्यु

बिर्तामोड । झापाको बुद्धशान्तिमा रुखबाट लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति १ मझुवा बस्ने ५५ बर्षीय मैतबहादुर लिम्बुको मृत्यु भएको हो ।

गत ७ गते घाँस काट्ने क्रममा कुटमिरोको रुखबाट लडेर गम्भीर घाइते लिम्बूको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज साँझ ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

सम्बन्धित समाचार