२०८३ आश्विन १७ गते , शनिबार

झापा ट्राफिकद्वारा १ करोड ६१ लाख बढी राजश्व संकलन

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ३ गते , विहीबार
झापा ट्राफिकद्वारा १ करोड ६१ लाख बढी राजश्व संकलन

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले १ करोड ६१ लाख ८२ हजार ५३६ रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक  प्रहरीले चैत्र मसान्तसम्ममा सो राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीले १६७५८ वटा सवारी साधनलाई गरेको कारबाहीबाट सो राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

जेनजी आन्दोलन पछाडी प्रहरीले असोज महिनामा सबैभन्दा कम २७१ वटा सवारी कारबाहीबाट २ लाख ८० हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको छ  भने साउन महिनामा २५६४ वटा सवारी साधनलाई गरेको कारबाहीबाट २४ लाख ६५ हजार ५३१ रुपैँया राजश्व संकलन गरेको छ ।

सबैभन्दा बढी कारबाही गरिएको सवारीमा मोटरसाइकल रहेको छ । सो अवधिमा ३५१६ वटा मोटरसाइकल  कारबाहीमा परेका छन् । त्यस्तै सबैभन्दा कम कारबाहीमा पर्ने सवारी साधनमा टिपर रहेको छ । सो अवधिमा ६४ वटा टिपरलाई कारबाही गरिएको कार्यालय प्रमुख राईले जानकारी दिए ।

चालु आवको ९ महिनाको अवधिमा झापामा १ बालक र १० जना महिलासहित ४३ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका छन् । 

 

सम्बन्धित समाचार