२०८३ बैशाख ५ गते , शनिबार

आजबाट नयाँ बर्ष २०८३ प्रारम्भ, प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १ गते , मंगलबार
आजबाट नयाँ बर्ष २०८३ प्रारम्भ, प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त

बिर्तामोड आजबाट नयाँ बर्ष २०८३ प्रारम्भ भएको नयाँ बर्षको अवसरमा विभिन्न मठ मन्दिर तथा पर्यटकीय स्थलहरुमा मानिसहरुको भीड लागेको

प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति समृद्धिको शुभकामना व्यक्त गरेका छन् नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको कल्याण सुस्वास्थ्यको कामना गरेका हुन्

प्रधानमन्त्री शाहले संस्कृतको प्रसिद्ध श्लोकसर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः उल्लेख गर्दै संसारका समस्त प्राणीको हित सुखको प्रार्थना गरेका छन् उनले आफ्नो सन्देशमा भनेका छन्, हामी सबैको जीवनमा सुख, आरोग्य कल्याण छाओस् सदैव शुभ होस्, निर्विघ्नता रहोस् दुःखको हरण होस्

नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा उनले कसैलाई पनि दुःख नपरोस् सबैले शुभ कुराहरू मात्र देख्न भोग्न पाउन भन्ने भावना व्यक्त गरेका छन्। शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुखद भविष्यका लागि मंगलमय शुभेच्छा प्रकट गरेका छन्

परिवेश मिडियाको तर्फबाट सम्पूर्ण नेपालीहरुको संकल्प सपना पूरा होस हार्दिक शुभकामना

सम्बन्धित समाचार