नारी सञ्चार गृहद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
बिर्तामोड । नारी सञ्चार गृह झापाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार झापाको बिर्तामोडस्थित साइ पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार संघ झापाका अध्यक्ष अर्जुन राजवंशी, प्रेस सेन्टर नेपाल झापा अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी नेपाल झापा अध्यक्ष प्रदीप परियार, एबीसी नेपालकी केन्द्रीय सदस्य कञ्चना ढकाल सिटौला, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमकै बीच क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने बीज इन्टरनेसनल एजुकेसन सर्भिस बिर्तामोडका सञ्चालक अशोक भण्डारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरूसँगै विभिन्न संघ संस्थाको नेतृत्व गर्ने महिला नेतृहरुको उल्लेख्य सहभागिता थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष जोष्ना श्रेष्ठले स्वागत गरेकी थिन् भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव दीपा पोखरेलले गरेकी थिइन् ।