२०८३ बैशाख ६ गते , आईतबार

सिरक गोदाममा आगलागी हुँदा ६० लाखको क्षति

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २५ गते , बुधबार
सिरक गोदाममा आगलागी हुँदा ६० लाखको क्षति

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ बुट्टाबारीस्थित एक सिरक उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
मङ्गलबार दिउँसो अन्दाजी १२ बजेको समयमा नुर मोहमदको सिरक गोदाममा अचानक आगलागी भएको र त्यहाँ रहेको टिनको संरचना, रुवा बनाउने मेसिन र रुवा जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागी भएको दुई घण्टा पछि इप्रका अनारमनीबाट खटिएको प्रहरी टोली, चारआली स्थित अरिदमन गणबाट नेपाली सेनाको टोली, शसस्त्र प्रहरी बल नेपाल  बेश क्याम्पबाट खटिएको टोली, बिर्तामोड, मेचीनगर,भद्रपुर, दमक, शिवसताक्षी, कमल गाउपालिकाको दमकल र स्थानीय मनिसहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार