२०८३ बैशाख ५ गते , शनिबार

झापा प्रहरी प्रमुख एसपी खड्का, अनमोल र बस्नेत सम्मानित

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २२ गते , आईतबार
झापा प्रहरी प्रमुख एसपी खड्का, अनमोल र बस्नेत सम्मानित

बिर्तामोड जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कासहित तीन अग्रणी महिला सम्मानित भएका छन् खड्कासहित सञ्चारकर्मी तथा साहित्यकार लिला अनमोल मेचीमहाकाली क्यान्सरपीडित साइकल यात्री नमिता बस्नेतलाई सम्मान गरिएको हो

सम्पूर्ण स्त्री रोगसम्बन्धि उपचार सेवा दिँदै अएको बिर्तामोडस्थित डा. प्रियङ्काज क्लिनिकको तेस्रो बार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन् उनीहरुले समाजमा खेलेको उदाहरणीय भूमिकाको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको डा. प्रियङ्काज क्लिनिकका प्रबन्ध निर्देशक डा. प्रियङ्का कट्वालले बताइन् सम्मानित व्यक्तित्वलाई कार्यक्रमका अध्यक्ष तथा क्लिनिककी प्रबन्ध निर्देशक कट्वाल, कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाई, साहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीलगायतले सम्मान गरेका थिए

कार्यक्रममा डा. प्रियङ्काज क्लिनिकलाई सहयोग गर्ने कर्मचारीहरू तारा लिम्बू, गीता लिम्बू, अपना तामाङ कल्पना लिम्बूलाई कदर पत्र प्रदान गरिएको थियो भने अन्य कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो

 

कार्यक्रममा एडभान्स पेन स्पेयलिष्ट क्लिनिककी डा। निरु नेपाल, सम्मानित व्यक्तित्वहरु कार्यक्रमका विशिष्ट अतिथी साहारा साकोसका कार्यकारी प्रमुख गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए

सन्ध्याकालिन कार्यक्रममा क्रिसला खतिवडा, चन्द्रकला चौहान, बिमला राजवंशी, खुशी खत्रीलगायतले मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती राखेका थिए

कार्यक्रममा सहभागीहरुलाई डा. पुष्पक रेग्मीले धन्यवाद दिएका थिए भने कार्यक्रमको सञ्चालन पलाक्षी रेग्मीले गरेकी थिइन्

 

 

 

 

सम्बन्धित समाचार