२०८३ बैशाख ५ गते , शनिबार

११ हजार घरधुरीमा बिर्तामोड खानेपानी

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १६ गते , सोमबार
११ हजार घरधुरीमा बिर्तामोड खानेपानी

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ११ हजार घरधुरीमा खानेपानी वितरण गरेको छ । साज सम्पन्न संस्थाको २३औं बार्षिक साधारणसभामा सो जानकारी दिईएको हो ।
साधारण सभाको अवसरमा संस्थाले एक जना उत्कृष्ट कर्मचारी र दुई जना जेष्ठ उपभोक्तालाई सम्मान समेत गरेको छ । संस्थाका कर्मचारी पदमबहादुर गुरुङ नगद १० हजार रुपैयाँ र संस्थाको जेष्ठ सदस्यका रुपमा डिल्लीराम बस्नेत र भन्द्रमाया बिकलाई तीन हजार नगदसहित सम्मान गरिएको थियो ।
अध्यक्ष बास्तोलालले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन अनुसार हाल संस्थामा तीन वटा ओभरहेड ट्याङ्की, १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लाण्ट रहेका छन् ।
अध्यक्ष बास्तोलाले संस्थाले स्थापना कालदेखि हालसम्म बिभिन्न कठिनाई र चुनौतीका बिच पनि सकेसम्म समस्याको समाधान गर्दै आइरहेको बताए । उनले संस्थाले गरेका १४ बुँदे कार्ययोजना, ६ बुँदे समस्या र चुनौती र २३ बुँदे भावी योजनासमेत प्रस्तुत गरेका छन् ।
संस्थाका अध्यक्ष बास्तोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले गरेका थिए भने सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए । 

सम्बन्धित समाचार