बास्कोटा समाजसेवा समिति झापाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
बिर्तामोड । बास्कोटा समाजसेवा समिति जिल्ला कार्यसमिति झापाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार झापाको शिवसताक्षीस्थित समाजको भवनमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा समाजले ज्येष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।
ज्येष्ठ नागरिक सम्मानअन्तर्गत कन्काई नगरपालिकाका खडानन्द बास्कोटा तथा ज्येष्ठ महिला सम्मानअन्तर्गत बिर्तामोड–८ निवासी विष्णुमाया बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरिएको थियो।
.jpg)
यसैगरी, बास्कोटा समाजमा आवद्ध मध्ये बाट २०८२ काे कक्षा १२ मा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरू बुद्धशान्तिका विवेक बास्कोटा र शिवसताक्षीकी दिलासा बास्कोटालाई नगद सहित विशेष सम्मान गरिएको थियो ।
समाजमा अतुलनीय योगदान पुर्याउने अग्रज अभिभावक तथा नेतृत्वदायी व्यक्तित्वहरूमध्ये तुलसीप्रसाद बास्कोटा, तिलविक्रम बास्कोटा, धनपति बास्कोटा (शिवसताक्षी), प्रेम बास्कोटा (बिर्तामोड) तथा ज्ञाननाथ (ज्ञानु) बास्कोटा (दमक), देवी प्रसाद बास्कोटा (हल्दीबारी), प्रभुराम बास्कोटा (अर्जुनधारा), देवी प्रसाद बास्कोटा (बोलो चोक), तोयानाथ बास्कोटा (बुद्दशान्ती) लगायतलाई प्रमुख अतिथि तथा समाजका अध्यक्षद्वारा सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रमकै क्रममा तीन सय जना सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो भने २०८३ सालको भित्ते पात्रो विमोचन गरिएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अभिचन्द्र बास्कोटाले आर्थिक वर्ष २०८१/८२ र श्रावण १ गतेदेखि चैत्र १३ गतेसम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समिति अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथी कन्काई नगरपालिका वडा नं. १० का अध्यक्ष हर्कबहादुर सिंगु रहेका थिए ।
समारोहमा सहभागीलाई समाजका उपाध्यक्ष कमल बास्कोटाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन समाजका सचिव दिनेश कुमार बास्कोटाले गरेका थिए ।