२०८३ बैशाख ६ गते , आईतबार
ओली र लेखकलाई भोलिमात्र अदालतमा पेश गरिने
बिर्तामोड । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार (भोलि) अदालतमा पेश गरिने भएको छ ।
आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।
ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने प्रहरीले बताएको छ । पक्राउ परेका ओली र लेखकको स्वास्थ्य जाँचको तयारी भइरहेको प्रहरीले जनाएको छ ।