२०८३ बैशाख ५ गते , शनिबार

तिनतले सामुदायिक वन उपभोक्ता समूहको समिति चयन

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १२ गते , विहीबार
तिनतले सामुदायिक वन उपभोक्ता समूहको समिति चयन

बिर्तामोड । तिनतले सामुदायिक वन उपभोक्ता समूहको समिति चयन भएको छ । बुधबार शरद कुमार मगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन भएको हो ।
इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर १ र ४ साथै झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ र २ क्षेत्रमा फैलिएको तिनतले सामुदायिक वन उपभोक्ता समितिको  उपाध्यक्षद्वयमा धर्मप्रसाद बास्तोला र एकराज भुजेल, सचिवमा छत्र कुमारी आचार्य, सहसचिवमा पुण्य प्रसाद पौडेल र कोषाध्यक्षमा सुनिता राई सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक खड्ग तिम्सिनाले जानकारी दिए ।
त्यस्तै सदस्यहरूमा खड्गबहादुर तामाङ, प्रेम गौतम, दलित सदस्यमा सम्झना रसाइली र महिला आरक्षण अन्तर्गत मेनुका राई, शर्मिला दाहाल, विष्णु कुमारी बराल र शोभा समाल चयन भएका छन् ।
त्यस्तै शिवबहादुर गिरीको संयोजकत्वमा पाँच सदस्यीय लेखा समिति चयन भएको छ । सदस्यहरूमा सावित्रा सापकोटा घिमिरे, चन्द्रमणि बराल, प्रभुदास रामुदामु र भगीरथ कट्टेल चयन भएको निर्वाचन समिति संयोजक तिम्सिनाले जानकारी दिए। 

सम्बन्धित समाचार