२०८३ बैशाख ५ गते , शनिबार

ईलाम-झापा मैत्री समाजकाे पाचाैं अधिवेशन चैत २८ मा गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १२ गते , विहीबार
ईलाम-झापा मैत्री समाजकाे पाचाैं अधिवेशन चैत २८ मा गर्ने

बिर्तामोड । ईलाम-झापा मैत्री समाजकाे पाचाैं अधिवेशन चैत २८ गते हुने भएको छ । आज बसेको समाजको बैठकले चैत्र २८ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको हो ।
कार्यसमिति अध्यक्ष तिलाेतमा खत्रीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन टिम बनाइएको सचिव सागर रिजालले जानकारी दिए । अधिवेशन बिर्तामोडस्थित इन्द्रेणी  व्याङ्क्वेटमा गरिने समितिका उपाध्यक्ष नरेश कर्माचार्यले बताए ।
बैठकले संस्थालाई सहयाेग गर्ने व्यक्तिहरू मध्येबाट २ जनालाई अधिवेशनमा सम्मान गर्ने निणर्य गरेकाे महासचिव दिनेश भट्टराईले जानकारी दिए । याे कार्य समितिकाे कार्यकाल भरि सहयाेग गर्ने संस्था तथा व्यक्तिहरूलाई मायाकाे चिनाे प्रदान गरिने भएको छ ।
साथै वैठकले याे कार्य समितिकाे कार्यकाल भरि सहयाेग पुर्याउने समस्त सबैलाई आभार सहित धन्यवाद ज्ञापन गरेकाे छ ।
समितिले झापामा रहेका सबै ईलामेलीलाई उद्घाटन सत्रमा सहभागी हुन अनुराेध गरेकाे छ भने संस्थाका सदस्यहरूलाई अधिवेशनमा सहभागी हुन आवह्वान गरेकाे छ ।

सम्बन्धित समाचार