२०८३ बैशाख ५ गते , शनिबार
पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा आगलागी
झापा । सुनसरीको इटहरी उपमहानगर चोक उत्तरतर्फको एक भवनमा भीषण आगलागी भएको छ।
इटहरी उपमहानगर ६ स्थित मुख्य चोकबाट उत्तरतर्फ रहेको पूर्वाञ्चल क्याफे एण्ड आइसक्रिम पार्लर रहेको भवनमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरी, सशस्त्र प्रहरी बलको टोली, उपमहानगरका नगरप्रहरीको टोली, स्थानीयले प्रयास जारी राखेका छन् ।
जेनजी आन्दोलनका क्रममा उपमहानगरको वारुणयन्त्र आगजनीमा परेपछि सुनसरीका अन्य पालिकाबाट घटनास्थल पुगेका वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास जारी राखेका छन् ।
आगलागीको कारण खुलेको छैन ।