२०८३ बैशाख ५ गते , शनिबार
निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको भन्दै एसपी केसी सम्मानित
बिर्तामोड । प्रहरी उपरीक्षक मिलन केसी सम्मानित भएका छन् । केसीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका हुन् ।
जेनजी आन्दोलन पश्चात गृह मन्त्रालयमा रहेर निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै केसीलाई सम्मान गरिएको हो । केसीलाई गृहमन्त्री अर्यालले सम्मान पत्रद्वारा सम्मानित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका एसपी केसी अहिले सिंहदरबारमा कार्यरत छन् ।