२०८३ आश्विन १७ गते , शनिबार

कचनकवलमा सिटीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १० गते , मंगलबार
कचनकवलमा सिटीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड । झापाको कचनकवल–४ केचनामा सिटी सफारीसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो साँझ ६:३० बजे बनियानीबाट लोधाबारी जाँदै गरेको बीआर–११– सी–३०७१ नम्बरको भारतीय मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाइ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल वडा नम्बर ४ बस्ने बर्ष ५० का सुकदेब गणेश गम्भीर घाइते भएका थिए । उनलाई भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारको लागि पठाइएकोमा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले सिटी चालक कचनकवल–४ बस्ने बर्ष १९ का सैजन मियाँ, सिटी सफारी र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार