२०८३ बैशाख ६ गते , आईतबार
कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
बिर्तामोड । कांग्रेस सभापति गगन थापाले दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेको छ । थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए ।
शर्माले शुक्रबार केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको थापाको राजीनामा आइतबार अस्वीकृत गरेको हो । केन्द्रीय समितिमा बोल्ने ८८ जना पदाधिकारी तथा सदस्यहरुमध्ये सबैले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए ।
केही समय अघि विशेष महाधिवेशन मार्फत सभापति चयन भएका थापाले फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएसँगै राजीनामा दिएका थिए ।