लायन्स क्लबद्वारा रक्तदान, ४५ पिन्ट रगत संकलन
बिर्तामोड । झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यहाँस्थित लायन्स क्लबको जोन टु अन्तर्गतका विभिन्न क्लबको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
बिर्तामोडको खड्का कम्प्लेक्समा शनिबार भएको कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकि अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । अस्पतालहरूमा भइरहेको रगत अभावलाई केही हदसम्म भएपनि पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको थियो । रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
रक्तदानमा लायन्स क्लबका डिष्ट्रिक्ट फर्स्ट भिडिजी लीला प्रसाद चिमरिया, पिआरओ सत्यनारायण शर्मा, डिष्ट्रिक्ट चिफ एमजेएफ शैलेन्द्र कुरुम्बाङ, डिष्ट्रिक्ट चिफ मनोज बस्नेत र मनोज बानिया, रिजन चेयर पर्सन पार्वता गिरी, जोन चेयरपर्सन शर्मिला दङ्गाल जोशी, लायन्स क्लब अफ अनारमनीका अध्यक्ष सरोज खरेल, बिर्तामोड सिटीका अध्यक्ष राज गुप्ता, बिर्तामोडका अध्यक्ष निकेश गट्टानी, बिर्तामोड स्मार्ट लेडीका संस्थापक अध्यक्ष लीला मैनालीलगायतको सहभागिता रहेको स्मार्ट लेडीकी सचिव शिला भट्टराई बरालले जानकारी दिईन् ।