२०८३ बैशाख ५ गते , शनिबार

प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ४ गते , बुधबार
प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते

बिर्तामोड फागुन २१ गते निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते प्रतिनिधिसभाको पहिलो बैठक १५ गते राख्ने गरी संसद सचिवालयले तयारी गरिरहेको

सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने भएको निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्दैछ सम्भवतः आयोगले संसद सचिवालयलाई बिहीबार नै नवनिर्वाचित सदस्यको नामावली दिनेछ त्यसपछि सचिवालयले ती सदस्यका नाममा शपथमा उपस्थित हुनका निम्ति दिने सूचना जारी गर्नेछ त्यही बिचमा शपथ समारोहमा उपस्थितिका निम्ति राष्ट्रपतिको समय माग गर्दै पत्राचार गरिने भएको

निर्वाचन आयोगले दिने नवनिर्वाचित सदस्यको विवरणअनुसार अर्को व्यवस्था नहुँदासम्मका लागि ज्येष्ठ सदस्यलाई सभामुख तोक्नुपर्ने कानूनी व्यवस्था त्यसअनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सदस्य भन्दा पहिल्यै शपथ गराउनुपर्छ यी सबै प्रक्रिया सिध्याएर सबै सांसदको शपथ गराउँदा कम्तीमा १२ गते पुग्ने अनुमान गरिएको डा. पाण्डेले बताए शपथ लगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ यदि १२१३ गते सरकार गठन भए १५ गते प्रतिनिधिसाभाको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी

सम्बन्धित समाचार