२०८३ बैशाख ६ गते , आईतबार

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षले कांग्रेसलाई भोट मागेपछि ....

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २९ गते , शुक्रबार
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षले कांग्रेसलाई भोट मागेपछि ....

बिर्तामोड चुनावमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासन गरेको जिल्ला कमिटी बैठकले गाँउपालिका मुनालाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताए

मुनाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको अन्तर्घात गरेको पाइएको आङ्लाले जानकारी दिए भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो

उपाध्यक्ष राईले कांग्रेसका उम्मेदवारलाई भोट मागेको प्रमाण रहेको एमाले स्रोत बताउँछ धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन्

सम्बन्धित समाचार