२०८३ बैशाख ५ गते , शनिबार
रुखले किचेर किशोरीको मृत्यु
बिर्तामोड । झापाको हल्दिबारीमा रुखले किचेर किशोरीको मृत्यु भएको छ । बिहीबार राति आएको हावाहुरीका कारण घर नजिकैको रुखले किच्दा हल्दिबारी २ पाराखोपी बस्ने १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।
शुक्रबार राति अन्दाजी ९:०० बजे आएको हावाहुरीले राजवंशीको घर नजिकैको आपको रुख ढलेको र सुतिरहेकी आरतीलाई किचेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।