२०८३ आश्विन १७ गते , शनिबार

झापा ५ का मतदातालाई तथानाम भन्ने रवि चुडाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २९ गते , शुक्रबार
झापा ५ का मतदातालाई तथानाम भन्ने रवि चुडाल पक्राउ

बिर्तामोड । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको आरोपमा बिहीबार प्रहरीले झापाका ४५ वर्षीय रवि चुडाललाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अनुसन्धान कार्यालय एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार उनीमाथि यसअघि नै महिला पत्रकारलाई गालीगलौज गरेको आरोपमा पक्राउ पूर्जी जारी भइसकेको थियो ।

चुडाल नेकपा एमाले अध्यक्ष ओली जिताउन निर्वाचनको समय झापा आएका थिए । उनले निर्वाचन अघि पनि केपी ओलीले चुनाव जित्ने दाबी गर्दै हारेमा दिशा खाने अभिव्यक्ति दिएका थिए । ओलीले चुनाव हारेपछि झापा–५ का मतदातालाई सामाजिक सञ्जालमार्फत तथानाम गाली गरेका थिए ।

उनी विरुद्ध दमकमा उजुरी परेको छ ।

सम्बन्धित समाचार