२०८३ बैशाख ५ गते , शनिबार

भोलिदेखि आधा सिलिण्डर ग्यास बिक्री गरिने

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २८ गते , विहीबार
भोलिदेखि आधा सिलिण्डर ग्यास बिक्री गरिने

बिर्तामोड नेपाल आयल निगमले शुक्रबारदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको विश्व बजारको प्रभावका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि निगमले उक्त निर्णय गरेको हो

निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको निगमले जनाएको

मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको विषय आमसञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित भए पश्चात नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको

हालको परिस्थितिलाई दृष्टिगत गरी एल।पि।ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित वनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२/११/२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु. ९५५ मा विक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एलपी ग्यास खरिद गर्न अनुरोध निगमद्वारा जारी विज्ञप्तिमा भनिएको

सम्बन्धित समाचार