२०८३ बैशाख ६ गते , आईतबार

निर्वाचन समीक्षा बैठकमा ढलेका एमाले कास्की इन्चार्ज थापाको निधन

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २८ गते , विहीबार
निर्वाचन समीक्षा बैठकमा ढलेका एमाले कास्की इन्चार्ज थापाको निधन

झापा । नेकपा एमालेको निर्वाचन समीक्षा बैठकमा आफ्ना भनाइ राखेर कुर्सीमा बस्ने बित्तिकै हृदयघातको सिकार भएका एमाले कास्की इन्चार्ज कृष्ण थापालाई घटना भएको ९ मिनेटभित्रै अस्पताल लगिएको थियो । मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा एक्कासि ढलेका उनलाई सँगै रहेका नेता टिकाराम पङ्गेनी लगायतका नेताहरूले तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्‍याएका हुन् । 
पङ्गेनीले भने, ‘दिउँसो २ बजेर ४१ देखि ४३ मिनेटको बीचमा एक्कासि ढल्नुभयो । २ बजेर ५२/५३ मिनेट जाँदा अस्पताल पुर्‍याइएको हो ।’  बैठकमा चुनावको समीक्षा भएको थियो । कास्की क्षेत्र नम्बर १ को समीक्षामा उनले पार्टीले व्यहोरेको क्षतिबारे आफूले पूरा जिम्मेवारी लिने बताएका थिए । 
उनलाई टिकट वितरण र चुनावमा भएको पराजयबारे प्रश्न उठाएका थिए । थापालाई कास्की २ को सुरुमा टिकट दिए पनि पछि आलोचना भएका कारण रश्मिलाई दिइएको थियो । त्यसपछि उनले आफूमाथि ठुलो षडयन्त्र भएको गुनासो गरिरहेका थिए । थापाको शव अस्पतालमै राखिएको छ । 

सम्बन्धित समाचार