झापा काँग्रेसले गर्यो पाँच जनालाई कारबाही सिफारिस
बिर्तामोड । नेपाली कांग्रेस झापाले पाँच जना आफ्ना सदस्यलाई कारबाहीका लागि सिफारिस गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले दुई जिल्ला सदस्य सहित पाँच जनालाई कारबाहीका लागि सिफारिस गरेको हो ।
कारबाही सिफारिस गरिएकाहरूमा ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति), शम्भु खड्का (कन्काई), टेकनारायण संग्रौला (कन्काई) र दिपिन्द्र थापा (गौरीगंज) रहेका छन् । नेपाल र भट्टराई जिल्ला समिति सदस्य हुन् भने अन्य तीनजना क्षेत्रीय प्रतिनिधि रहेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसले उठाएको उम्मेदवार विरुद्ध गतिविधि गरेको र अन्य पार्टीका उम्मेदवारहरूलाई सहयोग गरेको आरोप लागेको छ । पाँचै जनालाई साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट कारबाही गर्न केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरिएको झापा सभापति देउकुमार थेवेले जानकारी दिए । हेर्नुहोस् विज्ञप्ति
