२०८३ बैशाख ६ गते , आईतबार

धनुषा-१ मा नेकपाका यादवले पाए विजयीको प्रमाणपत्र

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २६ गते , मंगलबार
धनुषा-१ मा नेकपाका यादवले पाए विजयीको प्रमाणपत्र

बिर्तामोड । निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
अन्तिम मतगणना परिणामअनुसार यादवको १० हजार ४०३ मत आएको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।
यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत रास्वपाको चुनाव चिह्नमा आएको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।
गत फागुन १८ गते रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिएछन् ।

सम्बन्धित समाचार