२०८३ बैशाख ६ गते , आईतबार

इलाम १ मा २६ वर्ष पछाडि उदायो कांग्रेस

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २५ गते , सोमबार
इलाम १ मा २६ वर्ष पछाडि उदायो कांग्रेस

बिर्तामोड । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् ।  राई १४,५६३ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३,६३२ मत प्राप्त गरेका थिए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसले २६ वर्ष पछाडि जित हात पारेको हो । यसअघि सो क्षेत्रबाट २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बेनुपराज प्रसाईले जितेका थिए । त्यसपश्चात् तीनपटक लगातार नेकपा एमालेका झलनाथ खनालले जितेका थिए भने अघिल्लो निर्वाचनमा नेकपा एमालेका महेश बस्नेत विजयी बनेका थिए । २६ वर्ष पछाडि नेकपा एमाले सो क्षेत्रमा तेस्रो पार्टी बन्न पुगेको छ ।

सम्बन्धित समाचार