२०८३ बैशाख ६ गते , आईतबार

जनता जान्न चाहन्छन् ऋषि जी - तपाईंले जमानत किन जोगाउन सक्नु भएन ?

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २४ गते , आईतबार
जनता जान्न चाहन्छन् ऋषि जी - तपाईंले जमानत किन जोगाउन सक्नु भएन ?

बिर्तामोड । पत्रकारिताको क्षेत्रबाट चर्चामा आएका ऋषि धमलाको जमानत जफत भएको छ । रौतहट क्षेत्र नम्बर ४ बाट चुनाव लडेका धमलाले जम्मा ६५५ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा ६९६२८ सदर भएको छ । यो तथ्याङ्कलाई हेर्दा धमलाले ०.९४ प्रतिशत मत मात्र प्राप्त गरेका छन् । जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नु पर्दछ। 
टेलिभिजन कार्यक्रममा जनता जान्न चाहन्छन् भन्ने वाक्यांशबाट चर्चित बनेका धमला निर्वाचनको समयमा मतदातासँग विभिन्न फन्डा गरेर थप चर्चामा आएका थिए । 

सम्बन्धित समाचार