२०८३ बैशाख ६ गते , आईतबार
मेची क्षेत्रमा पाँचथरका केरुङले कांग्रेसको खाता खोले
बिर्तामोड । नेपाली कांग्रेसका उम्मेदवार पाँचथरका नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । साबिक मेची अञ्चलबाट कांग्रेसको खाता खोल्ने केरुङ पहिलो उम्मेदवार हुन् । यस अघिको निर्वाचनमा पाँचथरमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ विजयी भएका थिए ।
केरुङ १७२३३ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले १४७३४ मत प्राप्त गरेका थिए ।
ताप्लेजुङमा एमाले, झापामा राष्ट्रिय स्वतन्त्र पार्टी र इलाम २ मा एमाले विजयी भइसकेको छ । मेचीको ९ क्षेत्र मध्ये इलाम १ को मतगणना जारी छ ।