२०८३ बैशाख ६ गते , आईतबार

लालकिल्ला बढार्दै रास्वपाले बनायो ‘घण्टी किल्ला’

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २३ गते , शनिबार
लालकिल्ला बढार्दै रास्वपाले बनायो ‘घण्टी किल्ला’

बिर्तामोड २०२८ को झापा विद्रोहसँगै थुप्रै राष्ट्रिय राजनीतिक आन्दोलन छेडेको बामपन्थी नेताहरु जन्माएको झापा २०८२ सम्म आउँदा लालकिल्ला तोडिएको यस अघि बहुसंख्यक क्षेत्रमा बामपन्थी नेताहरु विजयी हुँदै आएको झापामा प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीले क्लीन स्वीप हानेको

प्रमुख दुई पार्टीका अध्यक्षहरु नेकपा एमालेका केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पराजय भोग्नु परेको २०७९ सालको निर्वाचनमा झापाको तीन वटा क्षेत्र जितेको नेकपा एमालेले यस निर्वाचनमा सबै क्षेत्रमा शर्मानक हार व्यहोर्नु पर्यो । यस अघि नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. मा विजयी बनेका प्रतिनिधीसभाका निवर्तमान सभामुख देवराज घिमिरे रास्वपाकी उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग पराजित हुनुपर्यो त्यस्तै झापा क्षेत्र नं. बाट विजयी भएका नेकपा एमालेका लालप्रसाद सावाँ रास्वपाका शम्भुप्रसाद ढकाल झापा बाट विजयी भएका केपी ओली रास्वपाका बालेन शाहसँग लज्जास्पद हार व्यहोर्नु परेको

यता झापा क्षेत्र नं. मा रास्वपाकी निशा डाँगी विजयी भएकीछन् उनी ४५६८० मतसहित विजयी बनिन् उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई ३५१३० मतान्तरले पराजित गरिन् त्यस्तै झापा क्षेत्र नम्बर मा रास्वपाका प्रकाश पाठकले राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनलाई दोब्बर बढी मतान्तरले पराजित गरे पाठक रास्वपा झापाका कार्यवहाक सभापतिसमेत हुन् यस अघि उनी राप्रपा अध्यक्ष लिङ्देनसँग पराजित भएका थिए

 

 

सम्बन्धित समाचार