२०८३ बैशाख ६ गते , आईतबार
ह्याट्रिक गर्ने दाउमा रहेका लिङ्देनलाई पाठकको 'चेक'
बिर्तामोड । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक विजयी बनेका छन् । पाठक ३८,६७४ मतसहित विजयी बनेका हुन् ।
पाठकले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन् । लिङ्गदेनले १७,२९४ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा पाठक लिङ्देनसँगै पराजित भएका थिए ।
सोही क्षेत्रबाट यसअघि दुईपटक लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका लिङदेन पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री समेत हुन् ।
अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद घिमिरेले ८,१९९, नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजबंशीले ७,४९२ र श्रम संस्कृति पार्टीका उम्मेदवार दीपक तिम्सिनाले ७,३९९ मत प्राप्त गरेका छन् ।