२०८३ बैशाख ६ गते , आईतबार

दुई हेभीवेटलाई हराउँदै गुल्मीबाट सागर ढकाल विजयी

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २३ गते , शनिबार
दुई हेभीवेटलाई हराउँदै गुल्मीबाट सागर ढकाल विजयी

बिर्तामोड । गुल्मी १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन् । दुई हेभीवेट उम्मेदवारहरु नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारी र एमालेका प्रदीप कुमार ज्ञवालीलाई हराउँदै ढकाल गुल्मी १ बाट विजयी बनेका हुन् ।
ढकाल २९६४२ मतसहित विजयी बनेका छन् ।  एमालेका प्रदीप कुमार ज्ञवालीले १५१८१ र नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले १३५०५ मत प्राप्त गरेका थिए ।
ढकाल २०७९ को निर्वाचनमा डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर देउवासग पराजित भएका थिए । 

सम्बन्धित समाचार