२०८३ बैशाख ६ गते , आईतबार

मतगणना जारी : रास्वपा पहिलो स्थानमा

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २२ गते , शुक्रबार
मतगणना जारी : रास्वपा पहिलो स्थानमा

बिर्तामोड । हिजो सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशका अधिकांश स्थानहरूमा भइरहेको छ ।
मतगणनाको पछिल्लो अवस्थालाई हेर्दा रास्वपा सबैभन्दा अगाडि देखिएको छ भने अन्य पार्टीहरूले रास्वपालाई पछ्याइरहेको अवस्था छ ।
निर्वाचनको इपिसेन्टर मानिएको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह अगाडि देखिएका छन ।  प्राप्त पछिल्लो मत परिणामअनुसार बालेन्द्र शाहले १४७८ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत मात्र प्राप्त गरेका छन्।
त्यस्तै झापा क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरेले २७८ मत प्राप्त गर्दा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले १५९९ मत प्राप्त गरेकीछन् ।
देशभरको अवस्थालाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ ठाउँमा अग्रता हासिल गर्दा नेपाली कांग्रेसले  ३ र नेकपा एमालेले ४ ठाउँमा अग्रता लिइरहेका छन् भने नेकपा र श्रम संस्कृति पार्टीले एकएक स्थानमा अग्रता लिइरहेका छन्।

सम्बन्धित समाचार