२०८३ बैशाख ६ गते , आईतबार
झापा फर्कदै बालेन
झापा । काठमाडौंमा मतदान प्रक्रिया सम्पन्न गरेपछि झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) बिहीबार बिहान हेलिकोप्टर चार्टर उडानमार्फत झापा आउने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार बालेन हेलि एभरेष्ट को हेलिकोप्टरमार्फत झापा आउन लागेका हुन्।
'काठमाडौंमा मतदान सकेर बालेन हेलि एभरेष्टको हेलिकोप्टरबाट झापा जाँदै छन्,' ती अधिकारीले जानकारी दिए ।
आज काठमाडौंबाट झापाका लागि कुनै पनि नियमित हवाई उडान नभएको जनाइएको छ। सोही कारण चार्टर उडानमार्फत यात्रा व्यवस्थापन गरिएको बताइएको छ।