२०८३ बैशाख ६ गते , आईतबार

मतदान अधिकृत गैरेको जिम्मेवारी खोसियो

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २० गते , बुधबार
मतदान अधिकृत गैरेको जिम्मेवारी खोसियो

बिर्तामोड बागलुङमा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको बागलुङ स्थित गलकोट नगरपालिका१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो

मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए उनको अभिव्यक्ति गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि जिम्मेवारी खोसिएको उनको भनाइ

निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई पत्र पठाएर जिम्मेवारी खोसेको पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको  

मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको

गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए

सम्बन्धित समाचार