२०८३ आश्विन १७ गते , शनिबार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १८ गते , सोमबार
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

बिर्तामोड । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दुर्घटना परेको जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको उनले जानकारी दिए । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हो । गाडी करिब २०० मिटर तल खसेको जनाइएको छ ।

सम्बन्धित समाचार