२०८३ बैशाख ६ गते , आईतबार

आज होली पर्व, पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १८ गते , सोमबार
आज होली पर्व, पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा

झापा रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा

होलीलाई आपसी मेलमिलाप सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ

यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन्

प्रहरी प्रशासनले होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग अबिर नदल्न सबैलाई सचेत गराएका छन् अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको

सम्बन्धित समाचार