बिर्तामोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार बेलुका सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मेचीनगर १३ चाराली बस्ने वर्ष २५ को विशाल पौडेलको मृत्यु भएको हो ।
शुक्रबार बेलुका अन्दाजी ९:२० बजे बिर्तामोड नगरपालिका ४ कञ्चनजङ्गा स्कुल छेउमा बिर्तामोडबाट सैनिक मोडतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५च ६०५० नम्बरको कार र बिपरित दिशा बाट आउँदै गरेको प्र१-०१-०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बिशाल पौडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएको र डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल पछाडी सवार जिल्ला झापा कनकाई नगरपालिका ६ बस्ने बर्ष २५ को चन्द्र किशोर चापागाईं गम्भीर घाइते भएको र सोही अस्पतालमा उपचार भइरहेको डिएसपी खड्काले बताए ।
कार चालक बिर्तामोड ६ बस्ने बर्ष २५ को चिराग सिन्हालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।