२०८३ आश्विन १७ गते , शनिबार

बिर्तामोडमा भन्सार छलेर ल्याएको लाखौँको सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १५ गते , शुक्रबार
बिर्तामोडमा भन्सार छलेर ल्याएको लाखौँको सामान बरामद

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले लाखौँ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आज बिहान ८ बजे बिर्तामोड ८ गरामनीस्थित भद्रपुर– बिर्तामोड सडकखण्डमा भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको डब्लुबी ७४ डब्लु १२९६ नम्बरको मारुती भ्यानमा भन्सार छली गरी ल्याएको सामानहरु अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले बरामद गरेको हो ।

गाडीबाट विभिन्न घरायसी र मेशिनरी सामानहरु बरामद भएका हुन् । गाडी र बरामद सामान गरी १० लाख ६८ हजार रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार